काठमाडौँ, ३० कात्तिक
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले सरकार गठन, शान्ति प्रक्रिया र संविधान लेखनका लागि दलहरुबीच छिट्टै सहमति कायम हुने वताएका छन् ।
नेपाल सम्वत् ११३१ को उपलक्ष्यमा नेपाल लोकतान्त्रिक नेवार सङ्घद्वारा आज यहाँ आयोजित मोटरसाइकल ¥यालीको शुभारम्भ गर्दै उहाँले सहमति काय गर्न दलहरुवीच उच्चस्तरीय छलफल भइराखेको पनि जानकारी दिए ।
अध्यक्ष खनालले सबै जनजाति, भाषाभाषी र लिङ्गको समान हक अधिकारको संविधानले प्रत्याभूति राख्नुपर्ने धारणा राख्दै संविधान लेखनका लागि नागरिक समाजबाट खबरदारी हुनुपर्नेमा जोड दिए ।
सो ¥याली काठमाडौँको वसन्तपुरबाट सुरु भई मकवानपुरको पालुङमा पुगी समापन हुने कार्यक्रम रहेको बताइएको छ ।
रासस