चेलीबेटीको अस्मिता माथि आँखा गाड्ने गोपाल शिवाकोटीहरु माथि किन कार्वाही हुदैंन

Read Time:19 Minute, 9 Second

फलोअप चेलीबेटी अस्मिता उछालिएको चौथो बर्ष

कहिलेकाहिं घट्नालाई फलोअप गरिएन भने त्यसले झन बढी दुख दिन्छ । चार बर्ष अघि एकजना भूपूको छोरीको इज्जतमाथि अनेकन लान्छना लगाई विश्वभर कटवाल झैं कराई हिंड्ने कथित मानअधिकारवादी गोपाल शिवाकोटीलाई त्यस बापत न त कानुनले सजाय दिन सक्यो न जनजाति समुदायभित्र रहेका सम्बन्धित समाजले ।
अन्याय गर्ने भन्दा सहने झन बढी दोषि हुन्छन् भनिन्छ । जनजाति समुदायमा यो सहने प्रवृति अचाक्ली छ । सहेर बस्दा त्यस्ता अपराधिहरु झन हौंसिन्छन् र भविष्यमा बित्यास पार्छन् भन्ने कुरा हामीले हेक्का राख्दैनौ । ति शिवाकोटी जसले अक्षम्य गल्ति गरेकाथिए त्यसबारे समाज चुप्प छ, तर के त्यो समाधानको उपाय हो ? मनन गरिएको भने छैन । कुनै दिन त्यसको विस्फोटक रुपमा फेरि बाहिर आउने डर रहन्छ । आज भन्दा चार बर्ष अगाडि ठिक यतिबेला एक जना पीडित युवतीको इज्जत बजारमा उछालिएकोथियो । ति यौनपिपाशुको कालो कर्तुत समाजले नबिर्सियोस् भनि यो घट्नालाई एकचोटी स्मरण गराउन खोजिएकोछ ।

के थियो त्यो घट्ना, तल समाचारमा पढ्नोस्
…………………………………………………….

जो चोर उसैको ठुलो स्वर – शिवाकोटी पुस्तक जलाउदैं

ब्रिटिश गोर्खा भुतपुर्व सैनिक ( गेसो ) का कानुनी सल्लाहकारका रुपमा लामो समय पदम बहादुर गुरुङसंग यत्रतत्र टाँसिएर हिंड्ने कथित मानवअधिकारवादी तथा कानुन ब्यावसायी गोपाल शिवाकोटी ‘चिन्तन’ ले भूपूहरुको पैसामा रजाई गरेको आरोप सहित तिनलाई विभिन्न समयमा संस्थाबाट निकाल्नुपर्ने आवाज आईरहन्थ्यो । तर बाहुन सल्लाहकार बिना डेग नचल्ने अध्यक्ष पदमका कारण उनले संस्थाभित्र संरक्षण पाईरहेकाथिए । त्यसो त यसअघि युवराज सग्रौंला र डा. सुरेन्द्र केसीहरुले पनि भूपूको रगत पसिनाले आर्जित पेन्सन माथि भ्रष्टाचार गर्न थालेपछि ति निकालिएकाथिए, पदमको रजाबन्दि बिना । भनिन्छ, युवराजले लाहुरेको पैसामा काठमाण्डुमा भब्य ल क्याम्पस खोलेकाछन् भने केसीले भूपूको किताब निकाल्दा ब्रम्हलुट गरेकाथिए ।
त्यसपछि ल्याइएका अर्का चतुर बाहुन जो नेपाली समाजमा उहिल्यै देखि बदनाम थिए, का काला कर्तुत पनि खुलस्त हुदैं आउन थालेकाछन् । यी अमेरिकी जासुसी संस्था सिआइएका पैसा खाएर देशमा हुन थालेका जल बिकास योजना कार्यक्रम अवरुद्ध पार्दे हिंड्ने र देशको गोप्य सूचना संकलन गरि मोटो रकममा बेच्ने दलालमा पर्छन् । यस्ता ब्यक्तिलाई संस्थामा हुलेपछि जे हुनुथियो, भयो । यिनले अघिका दुई जनाले जस्तै भरपुर द्रब्य थुपारे ।
त्यसमा लाहुरहरुको त्यत्ति मोटो आपत्ति थिएन तर तिनलाई भगवान सरह पुजा गरेर घरमा लगि पाल्ने सोझा भूपूका चेलीबेटीमाथि पनि बक्रदृष्टि लगाउन थालेपछि भने उनको विरोध शुरु भएको हो । कानुनका राम्रा छात्रालाई इन्ट्रान्सिप र ट्युशनको बहानामा खेलाएर छाडिदिने यि यौनपिपाशुको कर्तुत बारे बेलाबखत थुप्रा समाचार प्रकाशित भैसकेकाछन् । एक जना नेवार थरकि छात्रालाई विवाहको प्रलोभन देखाई लामो समयसम्म यौन शोषण गरेको यिनको कर्तुत कानुनका विद्यार्थी धेरैलाई थाहा छ ।
यिनै शिवाकोटीले एकजना मगर लाहुरेको छोरीलाई प्रेमजालमा पारेको र आफुहरुबीच यौनसम्बन्ध रहनुका साथै त्यसका लागि डिएनए टेस्ट समेत गर्नसक्ने भन्दै स्वंय प्रचारबाजी गर्दे हिंडिरहेकाछन् । यसै प्रकरणमा गेसोबाट यी पिपाशु निकालिएपछि अहिले अर्का एकजना बाहुन पत्रकारलाई पदमले हुलेकाछन् । तिनको अहिलेसम्म नराम्रो केहि बाहिर आएकोछैन । तर यी सबै सल्लाहकारहरुको मिल्ने सबैभन्दा समान कुरा के हो भने ति गेसोमा पसेपछि एउटा किताब चाहिं जसरी पनि निकालिहाल्छन् । अहिलेसम्म यी चारै जनाले किताव प्रकाशित गरिसकेकाछन् ।
शिवाकोटीले अर्नगल प्रचारबाजी गरेर ति महिलाको मानमर्दन गरेपछि तिनले विवाह रेकी थिईन । तर उनको विवाह भएपछि शिवाकोटी झन बहुलाहा झैं गरि ति युवतीको ईज्जत काढ्न तल्लिन देखिन्छन् । पत्रपत्रिका र तिनले निकालेको पुस्तकमा समेत यससम्बन्धमा खुलेर उल्लेख गरेकाछन् । उनको यस्तो कृत्यले आफ्नो छोरीको घरबार बर्बाद हुने भो भन्दै पीडितका बुवाले अस्मिता बचाईदिन मगरसंघसंग गुहार मागेकाछन् । शिवाकोटी त यौन पिपाशु रहेको र प्रचारका लागि जुन स्तर सम्म पनि गिर्न सक्ने घटिया स्तरको ब्यक्ति भएकोले उनलाई कुनै फरक पर्देन तर सोझा सर्वसाधारण परिवार भने उनले प्रचार पाउन गरेको घृणित तरिकाले कुन स्तर सम्म पीडित छन् तलको इतिबृतान्तले खुलस्त हुन्छ । उनको बदमासीको बारेमा मगर विद्यार्थीसंघले अनुसन्धान थालेकोथियो । त्यसैको सेरोफेरोमा रहेर मगर विद्यार्थीसंघले ब २०६६ बैशाख ९ गते गरेको प्रेस बिज्ञप्ति पढ्नोस् र कथित मानवअधिकारवादीको भयानक मुहार बारे प्रष्ट हुनुहोस् ।

……………………………………………………………………..
यस्तोछ प्रेस बिज्ञप्ति :

मानब अधिकारवादी वकिल गोपाल सिवाकोटी “चिन्तन” द्वारा नारी अस्मिताको बलात्कार ?
 
मिती २०६६ बैशाख ९ गते
 
काठमाण्डौं, नब बिबाहिता हाल युके निवासी उर्मिला पुलामीमगरको व्यक्तिगत, पारिवारिक र सामाजिक चरित्रहत्या गरेको आरोपमा उनलाई ७२ घण्टाभित्र माफि माग्ने अल्टिमेटाम जारी गरिएको छ।
 
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ-
 
“अधिवक्ता गोपाल सिवाकोटी चिन्तनद्वारा सुनसरी जिल्ला इटहरी नगरपालिका हाल युके निवासी गोरखा भूतपूर्व सैनिक कमल पुलामीकी छोरी उर्मिला पुलामीमगरको व्यक्तिगत पारिवारिक र सामाजिक चरित्रहत्या गरि उनको पारिवारिक र सामाजिक सम्बन्धलाई तहसनहस गर्ने अभिप्रायले विगत ६/७ महिनादेखि विभिन्न पत्रपत्रिका, इमेल, इन्टरनेटमार्फत गरिएको श्रृंखलावद्ध प्रचारबाजी र हालसालै प्रकाशित पुस्तक ‘गोर्खा आन्दोलनः उपलब्धी र चुनौती’ नामक पुस्तकमा समेत गरिएको अस्वस्थ र अश्लिल प्रचारवाजीको बारेमा समस्त साचारमाध्यम र आम जनसमुदायलाई वास्तविकता बोध गराउन यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
 
पीडित उर्मिला पुलामीमगरको बुवा कमल पुलामीमगरले नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिलाई आफ्नो परिवारमाथि चिन्तनले गरिरहेको ब्यालकमेलिङ रोकिदिन निवेदन गरेका थिए । उनको निवेदनमाथि संघले गम्भीर अध्ययन गर्दा अधिवक्ता गोपाल सिवाकोटी चिन्तनले बेलायतबाट प्रकाशित युरोपको नेपालीपत्र साप्ताहिक, एचके नेपाल डटकम, नेपाल युके डटकममा विभिन्न मितिमा प्रकाशन गरेका लेखहरुमा उर्मिला मगरको पारिवारिक र निजी जीवनमाथि आक्रामक रहेको पाइयो । यस्तै विभिन्न व्यक्तिहरुलाई इमेल पठाई उर्मिला मगरको बारेमा नानाथरी भ्रामक प्रचार गरेको भेटियो । चिन्तनको हालसालै सार्वजनिक ‘गोर्खा आन्दोलन उपलब्धी र चुनौती’ पुस्तकमा समेत उर्मिला मगरको व्यक्तिगत र पारिवारिक जीवन तहसनहस बनाउन खोजिएपछि नेपाल मगर विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
 
सिवाकोटीद्वारा प्रकाशित र सम्प्रेषित लेख र समाचारहरुमा सार्वजनिकरुपमा उल्लिखित उर्मिलासित विगत चार वर्षदेखि आफ्नो प्रेम तथा सहबास रहेको, उर्मिला पुलामीमगरसँगको सम्बन्धको बारेमा डिएनए टेष्ट गर्न आफु तयार रहेको, उर्मिला पुलामीमगरसँगको शारिररिक सम्बन्धको आफूसँग श्रव्यदृश्य सामग्री रहेको जस्ता वाक्यांशहरुले गोपालले उर्मिला र उनको परिवारमाथि गरेको ब्लाकमेलिङ, बदमासी र चरित्रहत्याका ज्वलन्त प्रमाणहरु हुन् । अझ उर्मिलासितको सम्बन्धका श्रव्यदृश्य सामग्रीहरु जो कोहीलाई पनि जुनसुकै प्रयोजनको लागि पनि आवश्यक परे उपलब्ध गराउने विज्ञापन गरेर चिन्तनले भर्खरै विवाहमा बाँधिएकी उर्मिलाको जीवन तहसनहस बनाउने षड्यन्त्र गरेका छन् ।
 
सिवाकोटीको प्रचारबाजीपछि पीडित उर्मिला पुलामीमगर र उनको परिवारले युके मगर संघमा सिवाकोटीको प्रचारवाजी अत्यन्त भ्रामक, काल्पनिक र सुनियोजित रहेकोले आफू र आफ्नो परिवारप्रति न्याय दिलाइदिन अनुरोध गरेका थिए । युके मगर संघले यस विषयमा सत्यतथ्य बुझ्दा सिवाकोटीको प्रचारवाजी आधारहीन भएको, उर्मिलाको व्यक्तिगत जीवन तहसनहस गर्ने अभिप्रायले सिवाकोटीले प्रचारबाजी गरेको भेटिएको थियो । उर्मिला पुलामीमगरसँग प्रेमसम्बन्ध रहेको दाबी गर्ने चिन्तनलाई मगर संघमा सम्पर्कमा आउन अनुरोध गर्दा पनि चिन्तन सम्पर्कमा नआउनुले चिन्तनले उर्मिला पुलामीसँगको सम्बन्धबारे गरेको दाबी निराधार कपोकल्पित नियोजित र षड्यन्त्रपूर्ण भएको पुष्टी हुन्छ ।
 
अधिवक्ता सिवाकोटीद्वारा लिखित पुस्तकमा उल्लिखित उर्मिला पुलामीसँगको सम्बन्धबारेको दावी र इमेलमार्फत् फैल्याएका भ्रम उर्मिला पुलामीमगरको वैवाहिक जीवनलाई तहसनहस गर्ने, िसंगो परिवारको बेइज्जती गर्ने, आफ्नो अनुकूल वातावरण नबनेमा अर्को पक्षलाई प्रतिशोध साँध्ने नियतबाट प्रेरित भएकोमा कुनै शंका छैन ।
 
एउटी अबोध नारीको सोझोपनको फाइदा उठाउँदै भइरहेको बारम्बारको यसप्रकारको अन्यायलाई हामी सचेत विद्यार्थीहरु र िसंगो जनसमुदायले एउटा परिवारमाथिको आक्रमणको रुपमा मात्र नलिई िसंगो महिलाजगत र आम सर्वसाधरण नागरिकमाथि आक्रमण र बदनाम गराउने कुचेष्टाको रुपमा लिएका छौँ ।
 
नेपाल मगर विद्यार्थी संघ गोपाल सिवाकोटीलाई आफूद्वारा प्रकाशित लेख, पुस्तक र इमेलमार्फत् गरिएका प्रचारवाजीबाट उर्मिला पुलामीमगरको जीवन पारिवारिक, ईज्जत र प्रतिष्ठामाथि पर्नगएको गम्भीर आँचप्रति ७२ घण्टाभित्र सार्वजनिकरुपमा क्षमायाचना गर्न आग्रह गर्दछ । चिन्तनले हालै प्रकाशनमा ल्याएको पुस्तक ,गोरखा आन्दोलनः उपलब्धी र चुनौती, मा उर्मिला मगरको व्यक्तिगत, पारिवारिक जीवनमाथि आक्रमण गर्ने सामग्री भएकाले सो पुस्तकको प्रकाशन र विकि्रवितरण नगर्न पनि लेखक चिन्तन, बि्रटिश दासत्व विरुद्ध गोरखा अभियान र सम्पूर्ण पुस्तक विक्रेता महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं । ‘गोर्खा आन्दोलन : उपलब्धी र चुनौती’ नामक पुस्तक ७२ घण्टाभित्र संकलन गरी जलाउन वा नस्ट गर्न अपील गर्दछौं । सो समयभित्र माफी नमागिएमा, बजारबाट पुस्तक फिर्ता नल्याइमा र संकलन गरी नष्ट नगरिएमा नेपाल मगर विद्यार्थी संघले थप कदम चाल्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार निज चिन्तन, पुस्तक प्रकाशक संस्था र बिकि्र वितरक महानुभावहरु स्वयम् हुनुपर्ने छ ।
 
विरोध किन ?
 
१)     उर्मिला पुलामीमगरको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन तहसनहस हुनबाट बचाई उनको जीवन रक्षा गर्न ।
२)     उर्मिला पुलामीमगरको वैयक्तिक स्वतन्त्रता र आधारभूत मानवअधिकारको रक्षा गर्न ।
३)     अधिवक्ता गोपाल सिवाकोटीद्वारा विभिन्न पत्रपत्रिका र ईमेल तथा वेबसाइटमा उर्मिला पुलामीमगरको व्यक्तिगत, पारिवारिक र सामाजिक इज्जत, मानप्रतिष्ठामा खलल पुग्ने गरि फैल्याइएका भ्रमहरुको चिरफार गरी वास्तविकता जानकारी गराउन ।
४)     नेपाली मौलिक संस्कृतिको विरुद्धमा विदेशी विकृत, अश्लील, छाडासंस्कृतिको पक्षमा सिवाकोटी चिन्तनद्वारा गरिएको प्रचारबाजी र तरफदारीको विरोध गर्न ।
५)     सूचनाप्रविधिबाट प्राप्त उपलब्धिहरुको गोपाल सिवाकोटी चिन्तनले गरिरहेको दुरुपयोगको अन्त्य गर्न ।
६)     अधिवक्ता सिवाकोटी चिन्तनजस्ता अभिजात वर्गका व्यक्तिले प्रदर्शन गरेको सामन्ती बर्बर व्यवहार दोहोरिन नदिन ।
७)     अधिवक्ता चिन्तनद्वारा गरिएको चरम नारी अस्मिता शोषणको विरुद्ध आवाज उठाई लैङ्गिक विभेदको अन्त्यको अभियानमा ऐक्यबद्धता जनाउन ।
८)     कानुन व्यावसायी अधिवक्ता चिन्तनले आफ्नै पेशागत मर्यादा विपरीत गर्दै आएको गैरकानुनी एउटा व्यक्तिको मानवअधिकारको वर्खिलाप हुनेगरि गरिएको कि्रयाकलापको भण्डाफोर गर्न ।
९)     अधिवक्ता गोपाल सिवाकोटी चिन्तनले आफ्ना काल्पनिक, अवस्तुवादी, अप्राकृतिक र सुनियोजित विषाक्त भावनालाई पुस्तक तथा पत्रपत्रिकामार्फत बैधानिकता प्रदान गर्न गरेको हर्कतको पर्दाफास गर्न ।
१०)   अधिवक्ता चिन्तनजस्ता सम्मानित ठानिएका व्यक्तिहरुबाट उर्मिला पुलामीमगर जस्ता सर्वसाधारण अबोध नारीमाथि हुनेगरेका मानसिक र शारीरिक शोषणको श्रृंखलाको अन्त्य गर्न।
 
आन्दोलनको कार्यक्रमः
 
हाम्रो मागलाई बेवास्ता गर्दै ७२ घण्टाभित्र सिवाकोटी चिन्तनद्धारा सार्वजनिक माफी नमागिएमा र ७२ घण्टाभित्र पुस्तक विकि्रवितरण बन्द नगरिएमा निज चिन्तनको अफिस घेराउ, जनप्रदर्शन, पुस्तक विक्री वितरण गर्ने पुस्तकपसलहरुमा तालाबन्दी र पुस्तक जफत अभियान संचालन गरिनेछ । त्यसपछिको आन्दोलनका कार्यक्रमहरु सिवाकोटी चिन्तन, पुस्तक प्रकाशक संस्था र पुस्तक वितरक तथा विक्रेता पसलहरुको रवैयाको मूल्याड्ढन गरि अझै शसक्त कार्यक्रमको घोषण गरिनेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सिवाकोटी चिन्तन, प्रकाशक संस्था र पुस्तक विक्री वितरण गरिएको पाइएमा पुस्तक पसल स्वयं हुनुपर्नेछ ।
 
धन्यबाद !”
 
भोज बिक्रम बुढा मगर,
अध्यक्ष,
नेपाल मगर विद्यार्थी संघ
केन्द्रिय समिती
 
मिती २०६६ बैशाख ९ गते

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %