(समितिलाई सम्बोधनको क्रममा संयोजक भुपेन्द्र चेमजोङ्ग)
४ जुन, हङकङ । नेपाल आदिवासी जनजाति महासंघले आफ्नो आन्दोलनमा व्यावधान खडा गर्नेहरुको क्रियाकलापलाई निस्तेज पार्न ‘प्रतिकार समिति’ गठन गरेको छ ।
आफ्नो अनुरोध र आह्वानलाई प्रवाह नगरि महावाणिज्यदूत महेशप्रसाद दाहाललाई केही संघसंस्थाले आफ्नो कार्यक्रममा बोलाएको घटनालाई मध्यनजर राख्दै बनाइएको भनिएको ५१ सदस्यीय समितिका संयोजक भूपेन्द्र चेमजोङ र सहसंयोजक नरहाङ रहेका छन् ।
नेपाली जनसम्पर्क समितिको स्वागत कार्यक्रममा विरोध प्रदर्शन गर्न जोर्डनस्थित किङ जर्ज–५ पार्कमा भएको भेलाले उक्त समिति गठन गरेको हो । उक्त समितिको एक सूत्रीय काम, कर्तव्य, उद्देश्य र लक्ष्य भनेको महासंघको अनुरोध र आह्वान विपरित कुनैपनि संघसंस्थाले आफ्नो कार्यक्रममा महावाणिज्यदूत महेशप्रसाद दाहाललाई सहभागी गराए स्थानीय कानुनको परिधिमा रहेर विरोध प्रदर्शन गर्नु रहेको महासंघले जनाएको छ ।
उक्त समितिका सदस्यहरुमा एमबी थापा, भक्त दुरा, बिसन गुरुङ, दुर्गा (मिलन) गुरुङ, विमल राई, भवेश घिसिङ लामा, मधुकुमार राई, किसन राई, नरेश सुनुवार, शशि मदन राई, त्रिभुवन लिम्बू, दुर्गा तामाङ, निमा दोर्जी शेर्पा, चन्द्र मादेन, यलम्बरहाङ तुम्बापो, तिलक सोमैमगर, महेनध्वोज गुरुङ, सुवास राई, उदयचन्द्र तामाङ, सुरेन्द्र लिम्बू, राजकुमार राई, हरिचन्द्र राई, खड्ग राई, मोहनबहादुर राना, हेमकुमार थापा, निमबहादुर राना, युवराज गुरुङ र जगबहादुर पुन रहेका छन् ।
त्यसैगरि विश्वनाथ घिसिङ, इन्द्र मेन्याङबो, तिलक लिम्बू, जीवन मेन्याङबो, मदन जवेगु, चित्र राई, तिलबहादुर थापा, एलिस लिम्बू, डीबी लिम्बू, बालकृष्ण लिम्बू, राजकुमार लिम्बू, लछुराम लिम्बू, कमलकुमारी लिम्बू, सुरेश सुब्बा, नन्द वेघा, हेम थापा, पेन्गुइन राई, अधिराज राई, टिका राई, मोती चाम्लिङ र बोधविक्रम थापा उक्त समितिका सदस्य रहेका छन् ।
समिति गठनपश्चात सम्बोधन गर्ने क्रममा संयोजक चेमजोङले प्रतिकार भन्ने बिक्तिकै लडाइँ, झगडा, मारपिट गर्ने होइन कानुनको परिधिमा रहेर विरोध प्रदर्शन गर्ने बताएका थिए ।