राज्यसत्ता नेपाल ब्युरो
गोरेबहादुर खपांगीमगरलाई अन्नपुर्ण न्युरो हस्पिटलबाट भोलि नर्भिकमा सारिने भएको छ । उहाको टाउकोमा धेरै सुधार हुदै आएता पनि छातिमा अझै समस्या देखिएको हुदा अन्नपुर्ण न्युरो हस्पिटलका चिकित्सक र नर्भिकका छाति सम्बन्धि बिषेस्षज्ञ डा. चोखानीको सल्लाह बमोजिम नर्भिक हस्पिटलमा सार्न लागिएको हो । धेरै पहल पछि डा. चोखानीले आज खपांगीलाई अन्नपुर्णमै आएर परिक्षर्ण गरेका थिए ।
आजै उहालाई आ.इ.सियु बाट ईन्टिेन्सिभ केयर वार्डमा सारिएको छ । डा. चोखानीको सल्लाह अनुसार छांतीको केहर गर्न सजिलोको लागी उहालाइ छिट्टै नर्भिक हस्पिटलमा सार्न लागिएको हो ।
गृहमन्त्रि संग भेट
आजै नेपाल मगर संघका पुर्ब अध्यक्ष तथा गोरेबहादुर खपांगीमगर उपचार सहयोगार्थ समितिका कोषाअध्यक्ष यम बहादुर बुढाथोकी मगर,डा. लक्षिमिकान्त पांडे, मगर संघ हंगकंगका पुर्ब अध्यक्ष तथा खपांगीमगर उपचार सहयोगार्थ समितिका सदश्य हुम बहादुर पचभैया थापा मगरले गृहमन्त्रि माधबप्रसाद धिमिरेलाई उहाकै निवास्थलमा भेट गरि खांदा ओडाइ बधाइृ तथा शुभकामना दिए ।
भेटका क्रममा गृहमन्त्रिलाई बुढाथोकी मगरले खपांगीको स्वास्थ्यको बारेमा जानकारि गराउदै आज सम्म सरकारले उपचारमा सहयोग रकम दिन ढिला गरेकोमा यथासिद्र चांडो सहयोग गर्न अपिल गर्नु भयो । भेटकैक्रममा हुमबहादुर पचभैया मगरले छाति बिषेस्षज्ञ डा. चोखानीलाई खपांगीको स्वास्थ्यबारे हेरि दिन गृहमन्त्रि धिमिरेलाइ आग्रह गरे ।
गृहमन्त्रिले सबैभन्दा पलिा खपांगीलाई आफुले भेटेको स्मरण गराउंदै एकलाख रुपैया तुरुन्तै दिने निर्णय भएको जानकारी दिए । अर्थ मन्त्रालयले १ लाख रुपैया स्वास्थ्य मन्त्रालयमा पठाएको जानकारि प्राप्त भएता पनि आज सम्म कुनै रकम हात परिसकेको भने छैन ।
बाहुनलाई काख, जनजातिलाई पाखा
खपांगीको उपचार खर्चकोलागी सरकार संग धेरै पहल गरेता पनि खपांगीमगर भएकै नाताले खिलराज रेग्मि सरकारले चैत्र १ गतेको मन्त्रिपरिषदको निर्यण भन्दै जम्मा एकलाख रुपैया दिने निर्यण गरेको छ । उता अर्घाखांचीका चिकित्सक चित्रप्रशाद शर्मा वाग्ले बाहुन भएकै नाताले बाबुराम भट्टराई सरकारले वाग्लेलाई उपचार खर्चबापत ५ लाख पेस्की दिए र बांकी सम्पुर्ण खर्च २५ लाख रुपैया ब्यहोर्ने निर्णय गरेकोमा खिलराज सरकारले ५ लाख थप्ने तर २५ नै पुरै नब्यहोर्ने निर्णय गत साता लिएको छ ।
स्मरण रहोस रेग्मि सरकारको चैत्र १ गतेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय ब्याक्तित्वलाई उपचार खर्च अब बाट जम्मा १ लाख रुपैया दिने निर्यण गरेको थियो । यस्तै छ यो देशको जनजातिको बिडम्बना ।