बम सुर्यवन्सी मगर, २५ मे, लन्डन, २५५७ औ बुद्ध जयन्तिको शुभ अवसरमा बुद्ध पूजा तथा मगर कर्म कान्डको प्रशिक्षण लण्डनमा प्रमुख अतिथी बौद्द ज्ञानका ज्ञाता , ईतिहासबिद तथा पुर्व मन्त्री एम एस थापा ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भयो । मगर संघ यु के को आयोजनामा गरिएको उक्त कार्यक्रमको सुरुवात कर्मकाण्ड सचिव कृष्ण दर्लामी मगरको पहलमा बिहान ९ बजेबाट सम्पूर्ण बेलायतबासी मगरहरुको समुपस्थितिमा वापा शेर बहादुर तरामुद्धारा बुद्ध पुजा सम्पन्न भयो । उक्त बुद्ध पूजा कार्यक्रममा वापा शेर बहादुर तरामुज्युले तथागत सम्यक सम्बुद्धको गुण तथा उहाँको देशना गर्नु भएको धर्मको गुण र सो धर्ममा लागेका आर्यसागको गुण स्मरणका साथै त्रिरत्नको सम्मानमा स्वच्छ चित्तद्धारा हामीले जति पुष्प धुप दीप र बैधादी फलफुलद्धारा पूजा गर्छौ त्यसबाट हामीलाई शान्ति लाभ हुने साथै यस्तो पूजागर्दा कार्य ,वाक, चित्त तिनै अङ्गबाट पूजा गर्नु उपयुक्त हुन्छ भनेर वर्णन गर्नु भयो । पूजाको वाक्य नेपाल मगर बौद्ध सेवा समिति बाटू बौद्ध ग्रन्थमा प्रस्तुत गरिएको छ भनेर जानकारी पनि दिनु भयो ।
उक्त कार्य क्रममा प्रमुख अतिथी एम एस थापा ज्युले बुद्ध दर्शन वा धर्म एउटा जीवन पदत्ती भएको बताउदै हामीले चिन्ने बुद्ध कुनै व्यक्ती को नाम नभई बुद्धको अर्थ सन्क्रित्मा ज्ञान वा ज्ञानी हो भन्नु हुँदै उनको नाम सिद्धार्थ र उन्ले ज्ञान प्राप्त गरेको हुनाले उन्लाई बुद्ध अर्थात ज्ञानी भनिएको र यो शब्द मगर भाषाको बुद्धी शब्दबाटै रहन गएको प्रस्ताउनु भयो । उनले मगर हरुलाई प्राचिन कालमा बिभिन्न नामले पुकारेको बताउदै कसैले व्रिजी कसैले वाज्जी त कसैले यु चि, कसैले विदाल आदी इत्यादी जान्ने गरेको जसरी अहिले हामीले अग्रेजलाई कसैले गोरा, कसैले कुइरे ,कसैले ईंग्लिश भने जस्तै ,यी प्राचिन कालमा बिबिध नामले चिनिने जाती नै अहिलेको मगर रहेको र बुद्ध यि मगरकै पुर्खा रहेको धेरै बिद्द्वान हरुले स्विकारी सकेको जनाउनु भयो बुद्ध शब्द मगर हुनु उनको पुर्खा ओक्का पनि मगर भाषाकै हुनु र जहाँ बुद्धको जन्मस्थल छ त्यो पाल्पा ,गुल्मी रुपेन्देही भुभागमा पर्नु जुन ठाउमा घना मगर वस्ती अझै हुनु त्यत्ती मात्रा नभएर बुद्धकालिन सन्स्क्रिती पनि ठ्याक्कै अहिलेको मगरको संस्कृतीसँग मिल्नु जस्तै जसरी मगरले मामाको छोरी बिहे गर्छन् बुद्धले पनि मामाको छोरी बिहे गर्नु । मगरले माने घुमाउने चलनको अवसेश्को रुपमा रहेको चन्डी पुर्णिमाको अवसरमा भ्रुम घुमाउनु जसरी बौद्धा मार्गीहरुले माने घुमाउदै हिद्द्छन मगरहरुको लागि खेती किसान गर्ने, घास दाउरा गर्नेको लागि त्यो परिस्थिती सुहाउदो नभए पछी त्यही माने घुमाउनेको सन्केत स्वोरुप बर्षमा एक पटक भ्रुम घुमाउने गर्नु । बालक अवस्थामा कुनै पनि मगरले कान छेदी गहना लागाउनु यि यस्ता अनगिन्ती सन्स्क्र्ती व्यप्त रहेको र यो ईतिहास लाई जोगाई राख्न मगरले आफ्नो भाषालाई मर्न दिन नहुने बताउदै भाषा मरे ईतिहास हराउने भएको हुँदा मगर भाषा सबैले बोल्ने गर्न अनुरोध गर्नु भयो भने उपस्थित उपासक उपासिका हरुबाट सोधिएको जिज्ञासा हरुको उत्तर दिने क्रम्मा मगर समाजमा छोरी ज्वोईर भान्जाले नै सबै काम गर्ने हुँदा सबै नै पूजारी रहेको जनाउदै हिजो काम जती भान्जालाई गराउने र दान सम्पात्ती जत्ती पन्डितलाई दिने गरेकोले कम्तीमा यो रोक्नको लागि कि त भन्जालाई पूजा पाठमा काम नहराउ होइन भने त्यो दान दक्सिना ज्वोइलाई पनि दिनु पर्ने कुरा उठेको र फेरी एउटा पन्डित फालेरा अर्को पन्डित खडा हुने खतरा प्रती सचेत हुन आग्रह गर्नु भो भने उपस्थित अधिकान्स वक्ताहरुले मगरको कर्म कान्ड पूजा पद्द्तती लाई व्यवस्थित तरिकाले लगे मगर समाजमा हुने जन्म देखिको अन्तसम्मको कृया कलापमा सहज हुने र यसले धर्म र संस्कार संस्कृतिको जगेर्ना मत्रा नभई जे काम पर्दा पनि राणभुल्ल्मा पर्दै अरुलाई गुहार्ने प्रवृदिको अन्त्य हुने जनाउनु भयो । पन्डित जस्तै निस्चित जात, वर्ग मात्रा नहुने नभै जोकोही पनि अध्ययन गरे वापा वा मापा हुन सक्ने जनाउदै यस्मा कुनै विक्रिती नहुने जनाउनु भयो । केशु आले मगरले विश्वमा बुद्ध पुर्णिमा धुम्धामले मनाउने तर नेपालमा बुद्ध धर्मलाई नेपालका साशकहरुले मागी खाने भाडोको रुपमा मात्र लिएको जनाउदै नेपालमा जन्मेका बुद्ध भएपनी नेपाल बुद्धिस्ट राष्ट्र हुन नसकेकोमा दुक्ख व्यक्त गर्दै यसरी बुद्धका सन्तान मगर हरुले पुर्खालाई भुले पनि अहिले विस्तारै जागरण आएको प्रस्ताउनु भयो । मगर संघ यु के का पेट्रोन थर्क रानाले हाम्रो समाजमा हिजोको जस्तो परिवेस प्रस्थिति आज नभएको, हामी मगर समाजमा धेरै परिवर्तन भै सकेको, परम्परागत धर्म सस्कार सस्कृती पहिचानमा यु के का मगरहरु बिस्तारै लाम लाग्दै गरेको प्रष्ट पार्नु भयो । उहाले अन्य जात जातिकाले सबैले आफ्नो रित परम्परालाई सस्थागत गरी अगाडि बढी रहेको तर मगरहरु अझै धर्मको कुरा गर्नु हुन्न्ना भन्दै पछी पारी रहेको हुँदा मगर हरुको जातिय पहिचानको लागि मात्र नभएर यो कर्म कान्ड सबै मनिषलाई आवश्यक हुने हुँदा हामी मगर हरुको आफ्नै रिती रिवाज हुँदा हुँदै पनि अरुलाई गुहार्नु परेको तितो यथाथलाई मनन गरी मगरहरुको कर्म कान्ड र वापा मापा तालिमा अपरिहार्य रहेको जनाउनु भयो । मगर संघ यु के का अध्यक्ष दुत पुन मगर ले मगर कर्मकान्ड प्रशिक्षण सन्चालन समिती उपस्थित भक्तजन सबैलाई बुद्ध पुर्णिमाको शुभकामना साथै धन्यवाद ग्यापन व्यक्त गर्नु भयो ।
दिनको ३ बजे धर्म गुरु शेर बहादुर तारामु मगरबाट कर्मकाण्डको बिषयमा तालीम थालनी भयो । मानिस जन्मेदेखि मृत्यु सम्म र बिचमा पर्ने हरेक सस्कार संस्कृतीका बारे प्रकाश पार्दै यि बिधीहरुबारे सम्क्षिप्त रूपमा जानकारी दिनु भयो ।
संघका महासचिव बम सूर्यवंशी मगरले मगरहरुको कर्मकाण्ड र बुद्ध धर्म अलग भएको प्रष्ट पर्नु भयो । मगरको कर्मकाण्ड जन्मदेखि मरणसम्म थुप्रै भएता पनि बेलायतमा बिशेष गरेर न्वारन बिबाह र अनत्येष्तीमा बिशेष ध्यान दिनु पर्ने कुरा बताउनु भयो । सकेसम्म मगरको कर्मकाण्ड ज्वाई चेलाले गर्नु पर्ने भएकोले सबै मगरहरुले कर्मकाण्डको तालिम लिनु जरुरी भएको बताए । समयको अभावले मगरहरुको अन्तिम सस्कार अनत्येष्तीको बिषयमा प्रकाश पार्नु भयो । अनत्येष्ती मनुस्य जीवनको अन्तिम सस्कार रहेको दाहको अर्थ मृत्यु भएको व्यक्तिलाई अग्नि सस्कार गर्न र मृतक भक्तको अर्थ मृत्यु भएको व्यक्तिलाई पुन्यको भोजन आदि दान गर्ने । अस्टशील ग्रहण गरे पछि ७ दिनको दिनमा क्रिया पट्टि फुकाउने गरि सबै बेलायतबासी मगरले एकै किसिमको गर्नु पर्नेमा जोड दिनु भयो ।
बेलायतमा २५५७ औ बुद्ध जयन्तिको अवसरमा मगर कर्मकान्डको प्रशिक्षण
Read Time:9 Minute, 54 Second