बुढासुब्बा गोल्ड कप विजेता हङकङ नेपाली महासंघले विजय उत्सव मनायो

Read Time:1 Minute, 43 Second

हंङकंङ, हङकङ नेपाली महासंघले बुढा शुब्बा गोल्ड कप जितेको उपलक्ष्यमा बिजेता खेलाडीहरूको साथ हेनरजि लुङ कम्युनिटी हल याउमा तेइमा बिजय उत्सब सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष प्रदिप थापाले गरेका थिए । अतिथि आशन ग्रहण गर्ने क्रममा प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मणि किराँट बान्तवाले गरेका थिए । अन्य अितिथहरू महासंघमा आबद्ध  संघ संस्थाका अध्यक्षहरूले आशन गरेका थिए । अतिथि आशन ग्रहणकै  क्रममा याउचिमोङ डिस्ट्रिक काउनसिलका डेरिक होङलाइ पनि थिए । कार्यक्रम सन्चालन उपाध्यक्ष रिता गुरूङले गरेका थिइन भने स्वागत मन्तब्य सचिव नन्द चाङसुले दिएका थिए । बिजेता खेलाडीलाइ खादा र शिला प्रमाण पत्रले सम्मान गरीएको थियो । 

धरानमा आयोजित १५ औँ बुढासुब्बा गोल्ड कप विजेता हङकङ नेपाली महासंघले गत आइतबार विजय उत्सव मनाएको हो । हङकङले सहभागिता जनाउन सुरु गरेको दोस्रो पटकमै बलियो प्रतिद्धन्दी नेपाल आर्मीलाई पराजित गरी उपाधि जितेको हो । आठ टिम सहभागी प्रतियोगिताको विजेता बनेपछि ३ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %