काठमाडौँ, २९ कात्तिक
उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफूलाई नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास लागेको बताएकी छन् ।
जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा सहभागी भई निस्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो विश्वास व्यक्त गरेकीछिन् ।
मन्त्री कोइरालाले शान्ति प्रक्रिया र संविधानलेखन कार्यलाई जतिसक्दो छिटो टुङ्गोमा पु¥याउनुपर्ने भएकाले अब बन्ने सरकारले सबैलाई मिलाएर लैजानुपर्ने वताइन ।
।
सोही कार्यक्रममा एबिसी नेपालकी अध्यक्ष दुर्गा घिमिरेले नेपाली महिलालाई आफन्त र श्रीमान्ले समेत भारतमा लगेर बेच्ने क्रम नरोकिएकाले सबै महिला सचेत भएर लाग्नुपर्ने वताइन ।
रासस