मनोरञ्जनका लागि इन्टरनेट प्रयोगवाट वालवालिका यौनदुब्र्यवहारको शिकार

Read Time:2 Minute, 23 Second

 

                                                                                

 

 

 


काठमार्डाँ उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुव्र्यवहारको शिकार हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले आज यहाँ सार्वजनिक गरेको “बालबालिकाद्वारा इन्टरनेटको प्रयोग” विषयक अध्ययन प्रतिवेदनमा ४७४ जना बालक र २६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।

 

 

    सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये ६० प्रतिशत बालबालिकाले अनलाइनमा च्याट गर्दागर्दै चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशतले सुरुमै यौन दुव्र्यवहारको सिकार हुने गरेको जानकारी गराए  ।

    अध्ययनका क्रममा २२६ जना सार्वजनिक विद्यालयका र ८९७ जना निजी विद्यालयका बालबालिका सहभागी भएको र अन्यले आवश्यक उत्तर नदिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    अध्ययनमा ६८६ बालक र ६९५ जना बालिका सहभागी भएको र उनीहरुमध्ये १.७ प्रतिशतले आफूलाई मनपर्ने वेबसाइट अश्लिल साइट रोजेको पनि संयोजक तुलाधारले बताए  ।

    उनले बालबालिकाविरुद्ध हुने यसप्रकारका दुव्र्यवहारहरुलाई रोक्न सबैमा चेनता फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याए  ।

    योङ्ग इनोभेसन नामक संस्थाका विभूषण बिष्टले बालबालिकालाई इन्टरनेटबाट हुने दुव्र्यवहारबाट जोगाउन सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %