गोकर्ण गल्फ रिसोर्टको शीर्ष नेताहरुको बैठक, प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति

Read Time:1 Minute, 48 Second

काठमाडौ, कार्तिक २९ 

गोकर्ण गल्फ रिसोर्टमा भइरहेको शीर्ष नेताहरुको बैठकले सोमबार प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति गरेका छन् ।

प्रधानमन्त्री निर्वाचनको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको दलहरुले आ–आफ्नै व्याख्या गर्न थालेपछि प्रधानमन्त्री निर्वाचनलाई सारिएको हो । 
बैठकस्थलमा सोमबार शीर्ष नेताहरु माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेको बिज्ञप्तिमा सोमबार ३ बजेलाई तोकिएको प्रधानमन्त्री निर्वाचन कार्यक्रम स्थगित गरी मंसिर ३ गतेलाई सार्ने, थप छलफल गरेर सहमति गरी बजेट ल्याउने र तीन दलको शीर्ष नेताहरुको अर्को बैठक मंसिर २ गते बस्ने सहमति भएको उल्लेख गरिएको छ ।

शीर्ष नेताहरुको बैठकले बजेट सम्बन्धमा छलफल गरी सहमति जुटाउन तीन सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा पूर्व अर्थमन्त्रीहरु माओवादीका बाबुराम भट्टराई, रामशरण महत र एमालेका भरतमोहन अधिकारी रहेका छन् । ुउहाँहरुले छलफल गरेर, कस्तो र कसरी बजेट ल्याउने भन्ने सम्बन्धमा सहमति तय गर्नु हुनेछु बैठक पछि काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %