बुद्ध मगर वंशकै : एम एस थापा

Read Time:9 Minute, 16 Second

राज्यसत्ता सम्वादाता,  बेलायत, बुद्ध मगरकै सन्तान रहेको पुर्व मन्त्री, ईतिहासबिद तथा राष्ट्रिय जनमुक्ती पार्टिका अध्यक्ष एम एस थापा मगरले २५५७ औ बुद्ध पुर्णिमाको शुभबसरमा मगर संघ यु के द्वारा आयोजना गरिएको बुद्ध पुर्णिमा सान्स्कृतिक कार्यक्रम्मा बताए, प्राचिन मगर र अक्खा लिपी नामक एतिहासिक अनुसन्धानमुलुक दस्ताबेजका सर्जक  थापाले उक्त कार्यक्रम्मा मगर र नेपालको ईतिहास ,मगर र बुद्धको बारे सटिकमा व्याख्या  गरेका थिए । ईतिहासबिद तथा बौद्दिक  व्यक्तित्वो थापाले नेपालको ईतिहास मगर विना अधुरो रहने वताए ,मगर र नेपालको ईतिहास एक अर्काको परिपुरक  रहेको बताए, नेपालको शाहवन्सिय राजखलक मगरकै सन्तान रहेको वताउदै शाह वन्सका ससुराली सेन मगर राजा रहेको, राज परिवारका पूजारी मगर रहेको, काठ्मान्दु कलंकीमा अझैसम्म पनि माघ महिनामा कालो सुङुरले पूजा गर्नु त्यती मात्रा नभएर यि राजखलकका कुल देवी स्याङ्जाको आलम्देवीको मुल पूजारी मगर नै रहेको जहाका पूजारी अध्यक्ष थापाका नातेदार रहेको पनि जानकारी गराउदै यदी यि राजखलक मगर नभएका भए कसरी मगरहरु  गैर मगरका पूजारी हुन गए रुयदी यि शाहवन्सिय छेत्री भएको भए कुल पूजामा कसरी सुगुरको  पूजा गर्थे, वा कुन छेत्री बाहुनले मामाको छोरी बिहे गरेको प्रमाण छ ? त्यसैले यि यस्ता अनगिन्ती उदाहरण हुँदा हुँदै पनि गैर मगरको भन्नु ईतिहासको अपव्यख्या गर्ने हरुले यसको उत्तर दिन नसक्ने बताए । मगरको ईतिहास गौरवमय रहेको र त्यती मात्रा होइन  तिब्बतको  ईतिहासमा पनि मगरले  सोरठिमा गाउने जसिङे राजाको वर्णन गरिएको र त्यहा  गर मगर भनी उल्लेख गरिएको र यिनी कुन मगर हुन भनी खोज्दा गर मगर आले मगर भित्रको थर रहेको पाइएको जानकारी गराए ।उनले बुद्ध पुर्णिमाको अवसरमा बुद्ध र मगरबारे थोरै जानकारी दिदै भने  बुद्ध मगरका छोरा थिए उनले  बोल्ने भाषा मगर रहेको बताए जस्तै उनले मोचा खान्छु भनेका थिए र ति शब्दलाई अङग्रेजिमा बनना भनी उल्लेख गरिएको छ जस्को अर्थ खस भाषामा केरा भनिन्छ  जुन मगर भाषामा केरा लाई मोचा भनिन्छ त्यस्तै जसरी मगरले  माको छोरी हकै लाग्ने गरी  बिहे गर्छन् बुद्धले पनि मामाको छोरी बिहेगरेका थिए । बुद्धको पुर्खाको नाम नै मगर भाषामा रहेको उल्लेख  गर्दै बुद्धको पुर्खा वोक्का थिए उनले बोल्दा उज्यालो प्रकाश निस्कने भएकोले उनको नाउ वोक्का रहेको बताउदै यसरी मुख बाट निस्कने वस्तुलाई सन्स्क्रित र खस भाषामा उल्टि गर्नु वा छड्नु भनिन्छ भने उल्टी गर्नु वा छाद्नुलाई मगर भाषामा वोक्का शब्द प्रयोग गरिन्छ । बुद्धले निर्वाण प्राप्त गर्ने बेलामा सुङुरको मासु खाएको उल्लेख गरेको बताए,यस्ता अनगिन्ती उधाहरण रहेको  बुद्धकालिन समयका रहनसहन सन्स्क्रिती आदी अझै सम्म मगर समुदायमा व्यप्त रहेकोले यो कुनै सन्योग मात्रा हुन नसक्ने बताए । बुद्ध नै संसारका प्रथम बैज्ञानीक सिद्दान्तको प्रतिपादन गर्ने व्यक्ती थिए जुन बेलायतका भौतिक बिज्ञानका ज्ञाता न्युतनले व्याख्या गरेको  न्युटन्स थेओरी अफ  ल अफ ग्राभितीसन९गुरुत्वोआकर्शन ०सिद्दान्त बुद्धले २५ सय बर्ष पहिले नै पत्ता लगाएका थिए । अहिले संसार भरका मानिस हरुले चेतनाको  स्थर ब्रिदी सँगै बुद्धको सिद्दान्तको महत्वो बुझी बुद्धको विचारधारालाई अङिकार गर्दै गई रहेको बताए । अहिलेको अवस्थामा बुद्ध मगर जातकै थिए भन्ने कुरामा माथिल्लो स्तरको बिद्ध्वानहरुमा विवाद हट्दै गएको बताए।

 मगर जातिका सन्तान बुद्ध रहेको धेरै गाथा रहेको प्रस्ताउदै मगरहरुले आफ्नो पुर्खाको  ईतिहास प्रती गौरव गर्नु पर्ने बताउदै पुर्खाको ईतिहासलाई समय समयमा अध्ययन गर्नु पर्ने जनाए ।

उनले  ब्रिटिश गोर्खाका र  तिनका सन्तानको  नेपाल र नेपालीका लागि पनि ठुलो योग्दान दिएको जनाउदै तिनै लाहुरेका सन्तानले हरु कोही नेता, ईतिहासबिद, ओकिल, आर्मी, पुलिसको ठुलो ओहदामा आदी इत्यादी रहेको जनाउदै उनी स्वयम पनि लाहुरेकै सन्तान रहेको र यसरी लाहुरे परिवारको माझ उपस्थित हुँदा गौरवान्दित  रहेको बताउदै यि आदिवासी जनजाती हरुलाई आफ्नै मुलुकमा सम्मान जनक अवस्थामा बस्ने परिस्थिती हिजो र आज सम्म नभएपनी हाम्रो पुर्खाले जुन सुकै कारण्बाट ब्रिटिशको लागि रगत बगाए पनि अहिले सम्मान जनक अवस्थामा बस्ने सुबिधा ,काम गर्ने बातावरण, बिदा भत्ता लगायत बिबिध सुबिधा उपलब्ध गराइदिएकोमा बेलायत सरकारलाई आफ्नो व्यक्तिगत, पार्टिको तर्फबाट र सम्पूर्ण लाहुरे गोर्खाली नेपालीहरुको तर्फबाट धन्यवाद तक्रयाए । त्यस्तै बेलायतमा रहेको राज्दुतावास कसैको पेवा नभई यि गोर्खाली लाहुरे हरुको रगत र पसिनाको कदर गर्दै सम्मान स्वोरुप उपलब्ध गराएको लाई अहिले सत्ताधारिहरुले बेचेर खाने कुचेस्ता गरेकोले आफ्नो पार्टिको तर्फ बाट बिरोध रहेको र सम्पूर्ण नेपालीले यस्को बिरोध गर्नु पर्ने जनाए ।

 

      मगर संघ यु के द्वारा हरेक साल बुद्ध पुर्णिमाको अवस्रमा आयोजना गरिने उक्त कार्यक्रम्मा प्रमुख अतिथी पुर्व मन्त्री एम एस थापा रहेका थिए भने बिशेष अतिथी बेलायतका लागि  नेपाली राजदुत डा। सुरेश चन्द्र चालिसे र रश्मुर बरो का काउन्सिलर पितर क्रेरर रहेका थिए

कार्यक्रमको सुरुवात बिहानै कर्मकान्द सेक्रेटरी कृष्ण दर्लामी मगरको सन्योजकत्वोमा धर्मगुरु ९वाप्पा ०शेर थापा मगरले सम्पूर्ण मानव, प्राणी जगतको कल्यान को लागि बौद्ध परम्परा अनुसार बुद्ध पूजा गरेका थिए भने मगर संघका बिभिन्न ब्रान्च बाट पाल्नु भएका प्रतिनिधि लगायतका श्रदालु भक्तजनहरुले बुद्ध दर्शन गरेका थिए । श्रदालु भक्तजनहरुको बुद्ध धर्म प्रतिको आशा र चासोलाई ध्यानमा राख्दै आगामी मे २५ तारिखका दिन नोर्थोल्त लण्डन्मा सम्माननीय व्यक्तित्वो  ईतिहासविद ,बिद्द्वान एम एस थापाको प्रमुख आतिथ्यम बुद्ध मार्गी हरुको बुद्ध ज्ञान सम्बन्धी विशेष कार्यक्रम्को आयोजना रहेको कर्म कान्ड सेक्रेटरीले जानकारी दिए ।

उक्त कार्यक्रम्मा नेपालका ख्याती प्राप्त कलाकार हरु खड्ग गर्बुजा मगर , टिका पुन मगर ,मन्सुदन थापा मगर ,इन्दिरा जोसिलगाएत मगर संघ युकेका बिभिन्न ब्रान्च बाट आएका कलाकार हरुले हजारौ दर्शक हरुलाई मनोरन्जन दिलाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %