शरण थापा मगर
दोहा कतार, नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिती दोहा कतारले २०१३ मे १० तारिकमा दोहा एरिया समितीका अध्यक्ष केशब ब. रानामगरको सभापतित्व तथा समितीका सचिव बिजय मिरिङचिङको सञ्चालनमा केन्द्रिय समितीका अध्यक्ष भिम तरामुमगरको प्रमुख आतिथ्य, प्रथम उपाध्यक्ष महेन्द्र थापामगर, महासचिव शरण थापा मगर, कोषाध्यक्ष लिलम्बर चिदीमगर, दोहा एरिया समितीका प्रमुख सल्लाहकार चन्द्र प्रसाद पुनमगर र सनैया ए एरिया समितीको प्रतिनिधत्व गरेर आएका सदस्य कृष्ण थापामगरको आतिथ्यमा दोहाको मुन्ताजामा तेश्रो दोहा एरिया भेला सम्पन्न गरेको छ । कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा गंगा मश्राङ्गी मगरद्धारा स्वागत मन्तव्य दिएपछी उपस्थितीमा परिचय कार्यक्रम संगै सम्पुर्ण आतिथ्यहरुद्धारा शुभकामना मन्तव्य दिएका थिए ।
मन्तव्यको क्रममा वक्ताहरुद्धारा संगठनको आरोह अवरोह तथा उद्देश्य तथा भए गरेका प्रयास र प्रगती बारेमा प्रष्ट पार्दै मगरहरु एकता हुने क्रम बढिरहेकोले छिट्टै मगरहरु एकढिक्का भएर मगरहरुको हक अधिकार प्राप्ति तथा पहिचान बनाउन सफल हुनेमा बिश्वास व्यक्त गरेका थिए । मन्तव्यकै क्रममा बक्ताहरुले दोहा एरिया समिती शुरुवात देखी नै रचनात्मक उत्कृष्ठ कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा अझ नयाँ उचाइका कार्यहरु गर्ने आशा व्यक्त गर्दै शुभकामना पनि ब्यक्त गरेका थिए । अन्तमा कार्यक्रमका सभापतिले उपस्थितीमा धन्यवाद सहित दोहा एरिया समितीको वर्तमान कार्यसमिती भंग भएको घोषणा गर्नुहुँदै कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।
खुल्लासत्र सकेपछी शुरु भएको बन्दशत्रमा शरण थापामगरको संयोजकत्वमा चन्द्र प्र. पुनमगर र कृष्ण थापामगर सदस्य रहेको निर्वाचन समिती बनाई कार्यक्रम अगाडी बढाईएको थियो । बन्दशत्र कार्यक्रममा नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिती दोहा कतारका सचिव बिजय मिरिङचिङमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन भेलाले पारीत गरी अनुमोदन गरेको थियो ।
कार्यक्रमकै शिलशिलामा बिबेक पुलामीमगर(काठमान्डौं)को अध्यक्षतामा १५ सदस्यीय नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिती, दोहा कतार गठन गरेको छ । उक्त एरिया समितीमा उपाध्यक्षमा जित ब. रानामगर(महोत्तरी), सचिवमा श्रीरामजी मगर(ओखलढुङ्गा), सह सचिवमा खिमानसिंह रानामगर(गुल्मी), कोषाध्यक्षमा झलकराज आलेमगर(मोरङ), सदस्यहरुमा बाबुराम सिंजालीमगर(दाङ), मोहन सारुमगर(म्याग्दी), मिनु बराम्लेमगर(पाल्पा), खिम ब. थापामगर(चितवन), विकाश पुनमगर(म्याग्दी), शिव पुनमगर(कास्की), उद्धव सारुमगर(नवलपरासी), ओम बिकाश घर्तीमगर(म्याग्दी), दल ब. मगर(धनकुटा) सर्बसम्मतले निर्वाचित भएको छ । त्यसपछी निर्वाचन समितीका संयोजक शरण थापा मगरले चुनिएका पदाधिकारी ज्युहरुलाई सपथ ग्रहण गराइ सकेपछी कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्षद्धारा अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएकोमा निर्वाभन समिती र बन्दशत्रमा उपस्थित सम्पुर्णमा धन्यवाद सहित खुसी व्यक्त गर्नुहुँदै आफ्नो धारण राख्नुभएको थियो ।