देब पचभैया
चितवन, बैशाख ३१नेपाल आदिबासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल निर्बाचित हुनुभएको छ । सोमबार राती भएको निर्बाचनमा निकटतम प्रतिद्धन्द्धी चन्द्रबिक्रम राईलाई १५ मतले पराजित गर्दे कुमाल निर्बाचित हुनुभएको हो ।
खसेको कुल ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाउनुभएको छ । अध्यक्षका अर्का प्रत्यसी नरेश ताम्राकारले तीनमत पाउनुभएको थियो । महासंघको महासचिबमा पांच प्रतिस्पर्धीलाई पछि पार्दे पेम्बा भोटे निर्बाचित हुनुभएको छ । उहाले २२ मत पाउनुभएको छ । उपाध्यक्षमा महिला तर्फबाट रोश्नी मेचे, हिमालबाट डन्डु शेर्पा, पहाडबाट सुर्यबहादुर माझी, भित्रि मधेशबाट चिनिमाया माझी र तराई बाट राम बराम निर्बाचित हुनुभएको छ ।
३० बुदे सौराहा घोषणा पत्र जारी
महाधिबेशनले ३० बुदे सौराहा घोषणा पत्र जारी गरेको छ । पहिचान सहितको संघियता, धर्मनिरपेक्षता, गणतन्त्र ,बिघटित संबिधान सभा ३ महिनाका लागी पुर्नस्थापना गरी जनताको पक्षमा संबिधान जारी गर्नुमाग गरिएको छ । महासंघले बिघटित संबिधान सभा पुर्नस्थापनामा सहमति नभए समानुपातिकतर्फको सिट सख्या कटौती नगरी र थ्रेसहोल्ड नतोकी आगामी मंशिरभित्रै संबिधान सभाको दोश्र्रो निर्बाचन गर्नुपर्नेमा जोड दिएको छ ।