नेपाल मगर महिला संघमा गंगा खासु मगर अध्यक्षमा पुःन निर्वाचित

Read Time:3 Minute, 24 Second

राज्यसत्ता नेपाल ब्युरो

काठमाण्डौ बैशाख ३०, नेपाल मगर महिला संघको पाँचौं राष्ट्रिय महाघिवेशन बैशाख २९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भएको छ । गंगा खासु मगर तिन बर्षका लागि अध्यक्ष पदमा पुःन निर्वाचित भएकी छिन ।

दुई समुहमा विभाजित अधिवेसनमा संघियता र पहिचान सहितको संविधान निर्माण पक्षधरको समुहले संघियता र पहिचान विरोधी समुहलाई पराजित गरेकाछन् । पराजित उमेद्धवारहरु भने संघियताका विरोधी नभई उनका निर्देशकहरु संघियता र पहिचान सहितको संविधान निर्माण विरोधी पार्टीमा आबद्ध छन् । सो गुटले गंगा खासुको प्यानललाई हराउन हेटौडाको महंगो होटेलमा अड्डा जमाएर बसेका थिए ।

विजयी पक्ष र प्रत्याशी उम्मेदवारको ताजा मत परिणाम :

अध्यक्ष : गंगा खासु मगर ७७, प्रत्यासी : पद्मा आले मगर ३६

भाषिक उपाध्यक्ष : मन्धरी आले मगर ६१, प्रत्यासी : फुलकुमारी पुन ४३

महासचिव : हिरीसरा राना मगर ५७, प्रत्यासी : कमला पुन मगर ५५

जनसम्र्पक सचिव : उमा थापा मगर ५०, प्रत्यासी : चुना थापा मगर ३० र मनु बाँठा मगर २५

कोषाध्यक्ष : मनकुमारी पुन मगर ६१, प्रत्यासी : मनुमाया थापा मगरले ४७ मत प्राप्त गरेका थिए ।

पाँचौ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको नामावली यस प्रकार रहेको छ :

अध्यक्ष                :  गंगा खासु मगर

बरिष्ठ उपाध्यक्ष      : मनु थापा मगर

भाषिक उपाध्यक्ष     :  मन्धरी आले मगर

अठार मगरात उपाध्यक्ष:  त्रिपना बुढा मगर

काईके उपाध्यक्ष       :     पदपुर्ति गरिने

महासचिव             :   हिरीसरा राना मगर

संगठन सचिव         :   मिना थापा मगर

जनसम्पर्क सचिव     :  उमा थापा मगर

विदेश विभाग सचिव   :   बिनीता आले मगर

कोषाअध्यक्ष            :  मनकुमारी पुन मगर

केन्द्रिय सदस्यहरु     :

मेचि                    : सेमकुमारी थापा मगर

जनकपुर               : ललीमाया जर्घा मगर

कोसी                   :  मीना थापा मगर

बाग्मति                :  माया हिस्कि मगर

नारायणी               :   दिलमाया जर्धा मगर
लुम्बिनी                :  कमला पुन मगर

राप्ति                   :  लालकुमारी रोका मगर

धौलागिरी               :  सरस्वती पुन मगर

सेती, महाकाली, कर्णाली, सगरमाथा, भेरी र गण्डकी अञ्चलको सदस्य रिक्त रहेकोले पछि पदपुर्ति गर्ने गरि अधिवेशन सम्पन्न भयो । श्याममाया पुन मगर प्रमुख रहेको निर्वाचन समितिमा अधिवक्ता इन्दिरा श्रीस मगर, बमकुमारी बुढा मगर र चित्र लुंगेली मगरको चार सदस्यले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %