न्यायाधीशमाथि तीनवटा उजुरी

Read Time:3 Minute, 17 Second

काठमाडौँ, २९ कात्तिक

व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषद्बाट सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा प्रस्ताव गरिएका तीन न्यायाधीशको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ ।

    समितिको आज बसेको बैठकले मङ्गलबार सर्वोच्च अदालतका अस्थायी न्यायाधीशहरु अवदेशकुमार यादव, गिरिश चन्द्र लाल र सुशीला कार्कीको सुनवाइ गर्ने निर्णय गरेको हो ।

समितिले स्थायी पदमा प्रस्तावित न्यायाधीशहरुको बारेमा सार्वजनिक रुपमा गुनासो आह्वान गरेअनुरुप न्यायाधीश गिरिशचन्द्रलाललाई स्वविवेकीय अधिकारको दुरुपयोग गरी चोरी सिकारी र गैँडा तस्करहरुलाई सजायबाट उन्मुक्ति दिने गरी फैसला गरेको भनी उजुरी परेको छ ।

    त्यसैगरी उनँमाथि विद्यमान कानुन विपरीत फैसला गरेको, स्वविवेकीय अधिकारको चरम दुरुपयोग गरेको, आर्थिक प्रलोभनमा परी फैसला गरेको र कार्यक्षमताको अभाव देखिएको अर्को उजुरी परेको छ   ।

    न्यायाधीश गिरिशचन्द्र लालमाथिको उजुरी निवेदक स्वयम् उपस्थित भई उजुरी दर्ता गरेको र उजुरीमा प्रस्तावित न्यायाधीशले गरेको फैसलाको प्रतिलिपिसमेत संलग्न गरेको संसदीय सुनुवाइ समितिले जनाएको छ ।

व्यवस्थापिका–संसद् प्राकृतिक स्रोत साधन समितिले समेत गँैडा तस्करी सम्बन्धमा न्यायाधीश गिरिशचन्द्र लालले गरेको फैसलाको विपक्षमा निर्णय गरेर उनीमाथि आगामी दिनमा कुनै जिम्मेवारी नदिन आशयको सिफारिससहित विशेष समितिमा उजुरी गरेको थियो ।

    अर्का न्यायाधीश सुशीला कार्कीमाथि कार्यक्षमताको अभाव रहेको, फैसलाको मस्यौदासम्म पनि तयार नगरी रिट खारेज गरेका कारण दिन नसकेको, बेन्च सहकर्मीबाट सजिलै डोमिनेट हुने, राजनीतिक दलको कार्यकर्ता पनि भएको र न्यायमा विचलित हुने गरेको उजुरी परेको छ  ।
उनँलाई यस्तो उजुरी इमेलमार्फत प्राप्त भएको संसदीय सुनुवाइ समितिले जनाएको छ । तर सो उजुरीमा प्रस्तावित न्यायाधीशले गरेको फैसलाको प्रतिलिपि संलग्न गरेको नदेखिएको पनि जनाइएको छ ।

अर्का न्यायाधीश अवदेशकुमार यादवमाथि भने कुनै उजुरी नपरेको बुझिएको छ । बैठक समितिका संयोजक कुलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %