दुर्घटनामा महिलाको मृत्यु, तीन घाइते

परासी,  २९ कात्तिक 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल–४ मा आज  बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने  तीनजना गम्भीर घाइते भएका छन् ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३ख ५६०२ नम्बरको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना३ख ७३३६ नम्बरको बसले उछिन्ने क्रममा दुबै बस ठोक्किँदा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा  ना३ख ७३३६ न.को  बसमा सवार बर्दीया महेशपुर–७ की ३० वर्षीया सरस्वती घर्तीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।

    घाइते तीनै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %