हङकङ, ०५ मे, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख रमेश कुमार लिङदेन मगंलबार हङकङ आई पुगेका छन् । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलनको कार्यकारी समिति घोषणा कार्यक्रमको लागि लिङदेन नेपालबाट यहाँ आएका हुन् । मोर्चाको तेश्रो सम्मेलन गत २८ अक्टुवर २०१२ मा सम्पन्न भए पनि वन्द सत्र भने हुन सकेको थिएन ।
“सम्मेलनको वन्द सत्र कार्यक्रम रोकिनको कारण मोर्चा भित्र केहि असहमति अथवा विवाद उठ्यो, विवाद समाधान गर्नको लागि स्थानिय तवरबाट निकै पहल भए पनि समस्या जस्ताको तस्तै नै रहयो त्यसकारण केन्द्रबाट नै समस्याको समाधानको लागि नेता वोलाइएको हो” मोर्चाको सचिव रविन लिम्बुले जानकारी गराए ।
“अवको कार्यक्रम पहिला रहेको वन्द सत्रको कार्यक्रम गरि समिति घोषणा गर्ने, केन्द्रिय नेताबाट कार्यक्रमलाई सम्वोधन र केहि कुरा त हुने नै भो” आयोजक समितिका अर्का नेताले थपे । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलन गत २८ अक्टुवर २०१२ मा याउमातेयि कम्युनिटि हलमा भएको थियो । उक्त सम्मेलनमा मोर्चाको खुलासत्र मात्र भएको थियो भने वन्द सत्रको कार्यक्रम समय अभावको कारण देखाउदै रोकेको थियो । सम्मेलनको खुला सत्रको अन्त्यमा हुने कमिटि विगठन भएको घोषणा समेत गरेको थिएन भने वन्दसत्रको लागि निर्वाचन आयोग पनि वनाएको थिएन ।
करिव आठ महिना पछि मोर्चाको केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख लिङदेन आएपछि यहि मे १२ तारिक जोर्डनको फुलबारी क्लबमा कार्यकारी समिति घोषणा सभा हुने भएको छ । दिउसो बाह्र वजे देखि सुरु हुने कार्यक्रममा नेता लिङदेनले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेता लिङदेन मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका प्रचार प्रसार समितिका प्रमुख समेत हुन् ।