बैशाख २१ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द आब्हानको प्रेस-विज्ञप्ति:

Read Time:3 Minute, 45 Second

बैशाख २१ गतेदेखि अरुण–सप्तकोशीपूर्व लिम्बुवानमा अनिश्चितकालीन आमहड्ताल आह्वान:

मिति २०७०|०१| २०
चार दलले पहिचानसहितको संघीय गणतन्त्र धर्मनिरापेक्ष्य नेपाललाई उल्टाएर ०४७ सालको संविधान लागूगर्ने वातावरण तयार गर्न चैत्र १ गते असंवैधानिक कदम चालेका छन् | यस कदमको बिरुद्धमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल सुरुदेखि नै आन्दोलित छौं | यही असंवैधानिक कदमको आडमा निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली र गृह मन्त्रालयले जन्मको आधारमा बितरण गरिएको नागरिकतालाई बंशजको आधारमा वितरण गर्दैछ | यी दुवै कार्यहरु असंवैधानिक छन् र यो संकलन र वितरण प्रक्रिया तुरुन्त रोकिनुपर्छ भनी यस परिषदले आन्दोलन तेज गरेको छ |
यसैक्रममा आज बैशाख २० गते धनकुटा, पान्थर र मोरङको सिमाना जोडिएको छ नं. बुधबारेमा ”फोटोसहितको मतदाता नामावली संकलन रोकिनुपर्छ” भनेर शान्तिपूर्ण आवाज उठारहेका मंच सम्बद्ध स. लि. रा. प. का नेता, कार्यकर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीयरुपले दमन गरेको छ | प्रहरीको दमनमा परी के. स. सुकबहादुर थेगिम, एलभी कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनुभएको छ | सोही ठाउंबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, के. स. सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुङ, एल भी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गा. बि. स. अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अदक्ष्य नेल्कन माखिम, पान्थर जि. स. खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी अत्यन्त दुर्ब्यबहार गरेको छ | त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्बेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् |
एकात्मक सशस्त्र प्रहरीको दानवीय कुकृत्यको भन्डाफोर गर्दै घाइतेहरुको सीघ्र उपचार र गिरफ्तार नेताहरुको विनाशर्त तत्काल रिहाईको माग गर्दछौं| पक्राउ परेका नेताहरुको विनाशर्त रिहाई नभइन्जेल र अवैधानिक नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलन नरोकिन्जेलसम्म भोलि बैशाख २१ गतेदेखि अरुण–सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ |
सदाझैँ लिम्बुवानका सम्पूर्ण जनताहरु एकात्मकताको बिरुद्ध र संघीय लिम्बुवानको पक्षमा सडकमा ओर्लन अनुरोध गर्दछौं |
जय लिम्बुवान ! संघीय अभिभादन !
कुमार लिङ्देन ‘मिराक’
के. अध्यक्ष मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
केन्द्रीय कार्य समिति लिम्बुवान, नेपाल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %