काठमाडौं, २८ कात्तिक
राष्ट्रिय जागरण परिषद नेपालले निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । १६ कात्तिकमा आयोगले नागरिकताबाहेक अन्य कागजातका आधारमा फोटोसहितो मतदाता नामावली तयार गर्ने भन्ने निर्णय गरेको थियो ।े
साध्यबहादुर भण्डारी संयोजक रहेको सो परिषद्ले सोमबार विहान ११ बजे निर्वाचन आयोग कार्यालयमा ज्ञापनपत्र बुझाउनेछ । आइतवार बसेको परिषद्को बैठकले आयोगको उक्त निर्णय प्रतिकुल परिस्थितिमा असामयिक तथा असंबैधानिक भन्दै सोमबार नै पुष्पराज पुरुषको संयोजकत्वमा संविधानसभाको मुलगेट अगाडि विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संयोजक भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै आयोगको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गर्ने निर्णय समेत गरेको छ । त्यसको जिम्मा वरियठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल, भिमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, बोर्णबहादुर कार्कीलगायतलाई तोकिएको छ ।
वरिष्ठ अधिवक्ता प्याकुरेलको अध्यक्षतामा बसेको बैठकमा अधिवक्ता, आचार्य, ज्ञवालीसहित सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता दिनेशराज सत्याल, नागरिक समाजका शुशील पोख्रेल, गणेश खड्कासमेतको उपास्थिति थियो ।