इन्दिरा चोंग्बांग
नेपाल आदिवासी जनजाती महिला महासंघकी पूर्व महासचिब सोमा राइलाई न्यु योर्कमा स्वागत तथा सम्मान गरिएको छ । हेवेंली पाथकी अधक्ष्य सुकु राईको पहलमा सो स्वागत कार्यक्रम सम्पन्न भएको हो । राइ नेपालमा लामो समय सम्म आदिवासी महिला आन्दोलनमा सक्रिय थिईन । कार्यक्रममा विभिन्न जातजातिका महिला तथा पुरुषको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा उनले आफ्नो परिचय र नेपालमा आफुले गरेको संघर्षको बारेमा उपस्थित समक्ष मन्तब्य राखेकी थिइन् । “यति टाढा आएर पनि नेपालमा आदिवासी दिदि बहिनीहरुको मेहनत र संघर्ष देखेर अत्यन्त हर्षित छ , आफ्नोपन र आफ्नो पहिचान साथमै राख्नु भएकोमा सम्पूर्ण दिदि दिदि बहिनिहरु लाई धन्यवाद दिन चाहन्छु” राइको भनाइ थियो । कार्यक्रममा आयोजक सस्थाको अधक्ष्य सुकु राइले सम्मानित व्यक्तित्वको परिचय तथा उनको योगदान बारेमा उपस्थित समक्ष मन्तब्य राखेकी थिइन् । कार्यक्रममा उपस्थित सम्पूर्ण संग परिचय आदान प्रदान भएको थियो भने हेवेंली पाथको भजन कार्यक्रम पनि रहेको थियो ।
विभिन्न समाज सेवामा संलग्न राइ दुइ वर्ष न्यु योर्क बसाइको लागि आएकी हुन् । सो कार्यक्रममा आदिवासी जनजाती महिला महासंघ अमेरिकाकी महासचिब इन्दिरा चोंग्बांग, युनाइटेट किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्यु योर्क च्याप्टरकि अधक्ष्य नाबिन्कला राइ लगयत विभिन्न संघ संस्थाका प्रतिनिधि र हेबेन्ली पथका सदस्यहरुको समेत उपस्थित रहेको थियो । पूर्व महासचिब राइलाई आदिवासी जनजाती महिला महासंग अमेरिकाले पनि स्वागत तथा सम्मान गर्ने योजना रहेको महासचिब चोंग्बांग्को भनाइ छ ।