देब पचभैया
काठमाडौं, ११ बैशाख नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी बैठकले महासंघका केन्द्रीय सदस्य खिम घलेलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । गत चैत ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारण सभामा प्रस्तुत समाबेशी विधान संशोधन प्रस्ताव षड्न्त्रमूलक र अबैधानिक ढंङ्गले महासंघले फिर्ता लिएको विषयमा सम्भिर असहमती जनाउदै केन्द्रीय सदस्य घलले राजीनामा दिनुभएको थियो ।
महासंघका अध्यक्ष शिव गाउँलेको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय साधारणसभा पोखरामा पेश गरेको समावेशी विधान संशोधन प्रस्ताव फिर्ता लिएको सम्बन्धमा गम्भीर छलफल भएको जनाएको छ । बैठकले सो प्रस्तावलाई आउँदो महाधिवेशनमा पेश गर्ने र त्यस सम्बन्धमा प्रत्येक शाखामा छलफल गराउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ । बैठकले केन्द्रीय सदस्य घलेलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै महासंघका नियमित काममा सक्रियताका साथ सहभागी हुन आहृवान समेत गरेको विज्ञप्तीमा उल्लेख छ ।
पोखराको साधारण सभापछि समाबेशी सञ्चारका लागि संघर्ष समितिले नेपाल पत्रकार महासंघको संरचनालाई पूर्ण समाबेशी बनाउन जोडदार माग गर्दै विरोधका कार्यक्रमहरु गर्दै आएको छ । गतसाता मात्र समाबेशी विधान संशोधनका लागि केन्द्रीय सदस्य खिम घलेको राजीनामाको सम्मान गर्दै संघर्ष समितिले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई ज्ञापनपत्र बुझाएको थियो ।
बैठकले केन्द्रीय सदस्य घलेलाई ब्यक्तिगत रुपमा पनि राजिनामा फिर्ता लिन औपचारिक पत्राचार समेत गरेको छ । बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस मे–३, बैशाख २० गते भव्य रुपमा मनाउने, मेट्रो एफएममा कार्यरत पत्रकार शिव रेग्मीलाई निष्कासन गरिएको विषयमा वहाँलाई तत्काल पुनःर्वहाली गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्ने समेत निणय गरेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कोषाध्यक्ष बैकुण्ठ भण्डारीलाई निलम्बनकोे माग गरी काठमाडौं शाखाका तर्फबाट आएको पत्रको सम्बन्धमा छलफल हुँदा तीन दिनभित्र केन्द्र समक्ष प्रस्तुत गर्न स्पष्टीकरण सोध्ने निर्णय गरियो ।