युकेमा बुध्द जयन्ती भब्य मनाउन सांस्कुतिक कार्यक्रमको तयारी

Read Time:3 Minute, 37 Second

बिजय हितान   
    
मगर संघ यु के को चौथो महाधिबेसनमा निर्बाचित नयाँ कार्य समितीको पहिलो बैठक २१ अप्रिल २०१३ को दिन फानबोरो समुदायिक सभा कक्षामा बसेको थियो l नब निर्बाचित अध्यक्ष दुत पुनको सभापतित्वमा सम्पन्न उक्त बैठकले एक आपसमा परीचय गर्दै तीन बर्से कार्यकालको योजना तर्जुमा गरेको छ l २१ जना सदस्य रहेको केन्द्रिय कार्य समितिमा सबै पदाधिकारीहरूलाई आ-आफ्नो जिम्मेवारी बहन गराई तन मन र धन दिएर आफ्नो अभिभारा निभाउन अध्यक्ष पुनले आह्वान गरेका थिए l साथै एक बर्षको कार्यतालिका प्रस्तुत गर्दै अध्यक्ष पुनले ११ मे मा सम्पन्न हुन गैरहेको बुध्द पुर्णिमा ओपन कन्सर्टको योजना र कार्यतालिका पढेर सुनाएका थिए l पूर्व तयारी भैरहेको यस महत्वपुर्ण कार्यक्रमलाई सँस्कृतिक सचिव अनिता रानालार्इ सन्चालन गर्ने मुख्य जिम्मेवारी दिने निर्णय गरेको छ l त्यसैदिन बिहान कर्मकान्ड सचिव कृष्ण थापाले बुध्दको पूजा आराधना गर्दै सुभारम्भ गरिने कार्यक्रम रहेको छ l 
नेपालबाट झिकाइने तीन जना प्रख्यात कलाकारहरू टिका पुन, इन्दिरा जोसी र मनसुधन थापाको भिसा स्विक्रित भैसकेको र प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको मगर नेता तथा मगर भाषाका इतिहासबिद एम एस थापा मगरको पनि भिसा प्रक्रिया जारी रहेको बैठकलाई जानकारी गराइएको थियो l
मगर संघ यु के महिला समिति र युवा समितिका पदाधिकारीहरूले बैठकमा छुट्टाछुट्टै  भावी कार्य योजना प्रस्तुत गरेका थिए l महिला समितिका महिलाहरूले सेल रोटी र अचार बनाएर बुध्द पुर्णिमा कन्सर्ट हेर्न आउने सबै दर्शकमहानुभावलाई ताजा खाना पस्किने बचन दिएका छन l त्यसरि नै युवा समितिका सदस्यहरूले स्वयम्सेवकको भूमिका निभाउँदै बाउन्सी क्यासल र आइस क्रीम स्टल, युवा समितिको तर्फबाट राखिने संयोजक दीप राना र हिरा पुनले बताए l  सचिव बिजय हितानले आउने बर्षका मगर दिवसहरूमा साहित्यिक क्रियाकलाप, अन्तर्क्रिया कार्यक्रम र मगर भेषभुषा प्रतियोगिता तथा कौडा, हुर्रा, सोरठी जस्ता नाच प्रतियोगिता गरेर मनाइने प्रस्ताव पेस गरेका थिए l
बैठकको अन्त्यमा निबर्तमान अध्यक्ष भु पु मेजर कुल बहादुर थापा र महासचिव योग फगामीले नव निर्बाचित अध्यक्ष दुत पुन र महासचिव बम सुर्यबंशीलाई आ-आफ्नो अहोदाको कार्यभार हस्तान्तरण गरेका थिए l  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %