मुक काजी (काजी) गुरुङ,
हङकङ, २० अप्रिल, स्याङ्जा जनसेवा समिति हङकङले जोर्डनस्थित चौतारी क्लबमा जानकारी सभा गरी डलर २१,५११ संकलन गरेको छ । हरेक बर्ष झैं यस बर्ष पनि यहिं आउंदो ०१ में का दिन नेपाली नयां बर्षको शुभ अवसरमा शुभकामना आदान प्रदान साथै छैटौं खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्न गईरहेको उक्त कार्यक्रममा जानकारी गराइयो । हङकङ जस्तो ब्यस्त भूमिमा भब्य तथा सभ्यताका साथ सफल पार्नको लागि स्याङ्जावासीहरुसंग सल्लाह सुझाव साथै केहि आर्थिक संकलन गर्ने अभिप्रायले पनि जानकारी सभाको आयोजना गरिएको बताए ।
समितिका अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षतामा एन आर एन हङकङका अध्यक्ष दुर्गा गुरुङलाई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिशेष तथा अन्य अतिथिहरुमा निवर्तमान एन आर एन अध्यक्ष तथा एन आर एन एशिया प्यासिफिकका कोर्डिनेटर त्रिलोक (याम) गुरुङ, एन आर एन हङकङकै सचिव मीन गुरुङ, स्याङ्जा जनसेवा समितिका सल्लाहकार याम गुरुङ, अकलादेवी सिर्सेकोट स्याङ्जाका अध्यक्ष भानबिर गुरुङ, फेदीखोला समाजका उपाध्यक्ष तथा समितिकै सल्लाहकार मनकाजी घले, आंधीखोला स्पोर्ट्स क्लबका सचिव कुमार गुरुङ र गुरुङ चलचित्र कहां बिसाउं मनको भारी नामक चलचित्रको निर्माता इन्द्रकाजी गुरुङ थिए भने स्याङ्जा जिल्लाका केहि ब्यक्तित्वहरुलाई यथा स्थानमा नै अतिथ्य प्रदान गरिएको थियो ।
समितिकै प्रवक्ता मुक काजी गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए।
कार्यक्रम बिशेष गरेर ०१ में का दिन सम्पन्न हुन गईरहेको छैटौं खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको लागि केहि आर्थिक संकलन गर्ने अभिप्रायले आयोजना गरिएको हुंदा मञ्चमा आसिन अतिथि महानुभाव तथा ब्यक्तित्वहरुले पनि आर्थिक सहयोग प्रदान गरेका थिए र केहि अतिथिहरुलाई शुभकामना मन्तब्य राख्ने अवसर पनि दिइएको थियो भने वक्ताहरुले कार्यक्रम सफलताको कामना गर्दै नेपाली नयां बर्ष २०७० सालको पनि शुभकामना ब्यक्त गरे । यसै क्रममा उपस्थित स्याङ्जावासीले आफ्नो क्षमताले भ्याएसम्मको आर्थिक सहयोग गरे । अध्यक्ष कोमल कान्छा गुरुङले कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत बिशेष तथा अन्य अतिथि मित्रहरु साथै सम्पूर्ण स्याङ्जावासीलाई कार्यक्रमको लागि सहयोग गर्नु भएकोमा धन्यवाद दिदै नेपाली नयां बर्ष २०७० सालको पनि शुभकामना ब्यक्त गरेका थिए । औपचारिक कार्यक्रम पश्चात रात्री भोजको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुको नामावली यस प्रकार रहेको छ ।
१, अध्यक्ष, कोमल कान्छा गुरुङ – $३,००० र ४० कार्टुन पानी,
२, एनआरएन एशिया प्यासिफिक कोर्डिनेटर, त्रिलोक गुरुङ – $२,५००
३, एनआरएन हङकङ अध्यक्ष, दुर्गा गुरुङ – $१,५००
४, सल्लाहकार,याम गुरुङ – $२,००१
५, अध्यक्ष, आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा, मोहन (टिला) गुरुङ – $१,५००
६, ईन्द्र काजी गुरुङ – $१,५००
७, चौतारी क्लब जोर्डन, गोविन्द गुरुङ – ३० जना (आयोजक तथा खेलाडी) हरुको लागि खाना,
८, राजन गुरुङ – $१,०००
९, सुपरभाईजर, डोम राना – $१,०००
१०,अकलादेवी सिर्सेकोट समाज स्याङ्जा – $१,०००
११,अध्यक्ष, अकलादेवी समाज, भानबिर गुरुङ – $१,०००
१२,उपाध्यक्ष,भारतीय गोर्खा भूपू संघ, मन प्रसाद गुरुङ – $१,०००
१३,चन्द्र बहादुर गुरुङ – $१,०००
१४,मिन बहादुर गुरुङ – $१,०००
१५,सुमित ते९क्वान्दो, गम गुरुङ – $१,०००
१६,सल्लाहकार, मन काजी घले – $५१०
१७,फिस्टेल हेयर सेलून, युनलोंग – बेस्ट प्लेयर कप
१८,चित्र बहादुर गुरुङ – $५००
१९,तौ प्रसाद गुरुङ – $५००