मगर महिला संघ यु.केमा हिमाली राना मगर

Read Time:2 Minute, 36 Second
कमला थापा मगर
 लन्डन् ७ अप्रैल , मगर संघ यु.के शनिबार ६ अप्रैल २०१३ का दिन भएको राष्ट्रीय चौथो अधिबेसनले “मगरहरुको एकता र पहिचानको बिकास” भन्ने नाराका साथ भब्य रुपमा सम्पन्न गरेको छ । सो अधिबेशनले महिलाको लागि एउटा उपाध्यक्ष पद निस्चित गरि महिला माथि न्याय गरेको छ । जस्मा उपाध्क्ष पदका लागि हिमाली राना मगरलाइ सर्बसम्मतिले चयन गरेको छ । उपाध्यक्ष पद ग्रहण गरेको १ घन्टा पछि ६ अप्रैलकै दिन हिमाली राना मगरको अध्यक्षतामा मगर महिला समिति यू.के पनि गठन गरिएको छ, । केन्द्रिय समितिको उपाध्यक्ष पदमा साथै महिला समिति यूकेको अध्यक्ष जस्तो गरिमामय पद्मा निर्बाचित भएको खुसियालिमा आफ्नो मन्तब्यको क्रम्मा सारगौरबसाथ निर्बाचन आयोगका अध्यक्ष श्री भरत थापा मगर लगाएत सबै समितिका सदस्य हरुलाई धन्यबाद सहित आभार प्रकट गरेकि थिन । युके मगर संघका १० वटा शाखा हरु छन र प्रत्येक शाखाका महिला समिति बाट ३ जना महिला सदस्यहरु यस समितिमा अनिबर्य रुपमा सदस्य रहनु पर्नेछ । सबै शाखा बाट नामावली आइसकेको छैन र आइसकेपछि पुर्ण मगर महिला समिति हुनेछ । अहिले सम्मका महिला समितिका नामावली यसप्रकारका छन:

अध्यक्ष-:श्रीमति हिमाली राना (प्लमस्टेड)

उपाध्यक्ष-: श्रीमति छबि माया पुन (फ्रानब्रो)

महासचिब-: मैया राना (वेस्ट लन्डन)

सचिब-: यशोधा बुरा (रेडिङ)

कोषाध्यक्ष-:बिस्नु श्रीस (स्विन्डन)

सह कोषाध्यक्ष-:श्रीमति सरला राना (वेम्बली)

सदस्य-:श्रीमति जमुना पुन (फ्रानब्रो),

श्रीमति इन्दिरा गलामी (स्विन्डन),

श्रीमति पार्बती पुन (वेस्ट लन्डन),

श्रीमति अनिता राना (स्विन्डन),

श्रीमति कोपिला पुन (रेडिङ),

सल्लाहकारहरुमा-:श्रीमति हिमालक्ष्मी थापा, श्रीमति कमला थापा,श्रीमति शोभा राना र श्रीमति गोमा राना मगर हरू छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %