नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन २०७० वैशाख २८, २९ र ३० चितवनमा सम्पन्न हुदैछ । हालै काठमाडौंमा सम्पन्न संघीय परिषद र संघीय परिषद सचिवालयको वैठकले सम्मानीय उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा हजारौकौ उपस्थितिमा बैशाख २८ गते हुने विशाल सा“स्कृतिक झा“की र्याली सहित उदघाटन समारोह र बैशाख २९ र ३० गतेको बन्दसत्रलाई भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएकोछ । जननिर्वाचित संविधानसभाबाट नै पहिचान सहितको संघीय सविधानलाई सुनिश्चित गराउने अभियानको रुपमा आयोजित महाधिवेशनबारे सम्पूर्ण जानकारी आज २०६९ चैत्र ३१ गते जारी प्रेस विज्ञप्ती मार्फत सार्वजानिक गर्दछौ ।
उदघाटन समारोह :
उदघाटन समारोहमा चितवन जिल्ला नजिकको नवलपरासी, रुपन्देही, मकवानपुर, तनहु, गोरखा, लम्जुङ, कास्की, बारा, पर्सा लगायत अन्य ईच्छुक जिल्लाका सम्पूर्ण जिल्ला समन्वय परिषदहरु, जातिय संगठन, युवा, विद्यार्थीहरु, महिला तथा आदिवासी जनजातिका गैरसरकारी संगठनहरु र न्यायप्रेमी नेपाली जनसमुदयहरु सहित हजारौको संख्यमा उपस्थिति हुनेछन् । उदघाटन सत्रमा राष्ट्रिय ख्याती प्राप्त कलकारहरु र आदिवासी जनजाति सांस्कृतिका कार्यक्रम प्रदर्शन हुने र टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएकोछ ।
अतिथिहरु :
विभिन्न दलका आदिवासी जनजाति नेताहरु, महासंघका पूर्वपधाकिारी, सल्लहकार, जातिय, सम्बन्धन, जिल्ला, अन्र्तराष्ट्रि मञ्चहरु, संघीय परिषद सदस्यहरु हुनेछन् ।
स्थान :
वैशाख २८ गतेको उदघाटन समरोह हुने स्थान विरेन्द्र क्याम्पसको प्राङ्गनमा र वैशाख २९ र ३० बन्दसत्र सौराहामा प्यारडाईज होटल नजिकको सभाकक्षमा हुनेछ ।
नारा :
सम्पूर्ण आदिवासी जनजातिको अभियान ! संविधानसभाबाट जारी गरौ पहिचान सहितको संघीय सविधान !
सम्पूर्ण आदिवासी जनजातिको अभियान ! जनसंख्याको आधारमा समानुपातिक तथा एक जाती एक प्रतिनिधित्व सुनिश्चित भएको निर्वाचन ! भन्ने नाराहरु तय गरेकाछन् ।
एजेण्डाहरु :
(१) संविधानसभाबाट पहिचान सहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित भएको सविधान जारी गराउने आवश्यक कार्यदिशा तथा कार्यनीति तयार गर्ने,
(२) संविधानसभा किन र कसरी विघटन भएकोबारे समिक्षा र साझा अवधारण निर्माण गर्ने,
(३) महासंघको ३ वर्षको प्रगति तथा आर्थिक प्रतिवेदनका साथै आगमी ३ वर्षको लागि नीति तथा कार्यक्रममाथी छलफल, संशोधन तथा अनुमोदन गर्ने
(४) महासंघको नया“ नेतृत्व चयन गर्नेछन् ।
बजेट :
प्रतिनिधिहरुको लागि ३ दिनको खाना, आवस, मञ्च, ध्वनी प्रविधी, झाकि, र्याली, स्मारिका प्रकाशन, स्टेशनरी झोला सहित र हलभाडा सहित करिब अनुमानित २० लाख बजेट विनियोजन गरिएकोछ ।
आर्थिक श्रोतहरुमा :
प्रतिनिधि शुल्क, ६७ जिल्ला समन्वय परिषदहरुबाट प्रति जिल्ला १० हजारका दरले प्राप्त हुने आर्थिक सहयोग, १५ अन्तराष्ट्रिय सम्बन्धन संगठनबाट प्रति संगठन कम्तिमा ५० हजार र बढीमा १ लाखका दरले प्राप्त हुने आर्थिक सहयोग, स्मारिकामा समावेश विज्ञापन शुल्क, आदिवासी जनजातिसंग संम्बन्धित संघसंस्थाहरुबाट प्राप्त हुने आर्थिक सहयोगहरु हुन ।
प्रतिनिधि तथा प्रर्यवेक्षक :
नेपाल आदिवासी जनजातिको महासंघको विधान अनुसार ५६ जातिय संगठनबाट १ महिला, १ पुरुष, संघीय परिषदका १ महिला १ पुरुष सदस्य, संघीय परिषद सचिवालयका वर्तमान पदाधिकारीहरु प्रतिनिधि हुने र पर्यवेक्षकमा ६७ जिल्ला समन्वय परिषद, ८ सम्बन्धन संगठन र १५ अन्तराष्ट्रिय सम्बन्धन संगठनहरुबाट १ महिला १ पुरुष रहनेछन् । प्रतिनिधि, पर्यवेक्षक, सचिवालय कर्मचारी तथा स्वयसेवक समेत जम्मा करिब ५०० सहभागि हुनेछ ।
समिति :
महाधिवेशनलाई सबै दृष्टिकोणले सफल बनाउन संघीय परिषद सचिवालयको पदाधिकारीहरुको संयोजकत्वमा संघीय परिषदका सदस्यहरु सदस्य रहने गरि अतिथी स्वागत सत्कार समिति, प्रचार प्रसार समिति, व्यवस्थापन समिति (खान, आवश तथा मञ्च निर्माण), स्वय सेवक समिति, झा“की, र्याली तथा सांस्कृतिक कार्यक्रम समिति, स्मारिका प्रकाशन समितिहरु गठन गरिएकाछन् ।
विविध :
आठौं महाधिवेशनलाई व्यापक प्रचार प्रसार गर्न भित्ते लेखन, पोष्टर पाम्लेट वितरण, माईकिङ र मोटर साईकाल र्याली लगायत चितवन नजिकका जिल्लाहरुमा तयारी वैठकहरु गर्नेछन् ।
सञ्चारकर्मी तथा सञ्चार माध्यमको सहयोग :
नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले आजको यस प्रेस विज्ञप्ती लगायत महाधिवेशन सम्बन्धि समाचारलाई व्यापक रुपमा सम्पेषण गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
राजकुमार लेखी थारु
अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ