हङकङ ,३ अप्रिल २०१३ का दिन स्याङ्जा जनसेवा समिति हङकङले जोर्डनस्थित चौतारी क्लबमा स्याङ्जाली कलाकार सहित अन्य गैर
स्याङ्जाली कलाकारहरुलाई समेत संयुक्त रुपमा सम्मान गरेका छन।
गत अप्रिल १ का दिन याउमा तेईस्थित कम्यूनिटी हलमा आयोजित मेरो सांझ-दोस्रो मा नेपालबाट आमन्त्रित कलाकारहरु बहु चर्चित गायिका कुन्ती मोक्तान, शितल मोक्तान, जिरे खुर्शानीका जेठी सबिता गुरुङ, नव गायक स्याङ्जाली ठिटो नरजंग गुरुङ लगायत अभियान फिल्मस प्रोडक्शनको छैटौं प्रस्तुति गुरुङ भाषामा आधारित गुरुङ चलचित्र “धिं” प्रदर्शनको लागि नेपालबाट आएका लेखन तथा निर्देशन लोक बहादुर गुरुङ र श्याम गुरुङ साथै सोहि चलचित्रका नायिकाहरु रजनी गुरुङ र दिपिका गुरुङलाई एक रात्री भोजको आयोजना गरि सम्मान गरेका छन।
स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षतामा सञ्चालित उक्त सम्मान कार्यक्रममा गुरुङ चलचित्र “धिं” का लेखन तथा निर्देशन लोक गुरुङ र श्याम गुरुङ, “धिं” चलचित्रकै निर्माता तथा लम्जुङ समाजका सल्लाहकार दिलिप गुरुङ लगायत सोहि चलचित्रका नायिकाहरु रजनी गुरुङ र दिपिका गुरुङ, बहु चर्चित गायिका कुन्ती मोक्तान,शितल मोक्तान, जिरे खुर्शानीका जेठी सबिता गुरुङ र नव गायक स्याङ्जाली ठिटो नरजंग गुरुङलाई पनि अतिथ्या प्रदान गरिएको थियो। यसै गरि मेरो स्याङ्जा डट कमका हङकङ सम्वाददाता मुक काजी गुरुङ, स्याङ्जा आंधीखोला स्पोर्ट्स क्लबका सचिव कुमार गुरुङ लगायत केहि ब्यक्तित्वहरुलाई पनि यथास्थानमा नै अतिथिको आसिन गराएका थिए। लगतै नेपालबाट आमन्त्रित कलाकार एवम गुरुङ चलचित्र “धिं” का लेखन तथा निर्देशन लोक गुरुङ, श्याम गुरुङ लगायत नायिकाहरु रजनी गुरुङ र दिपिका गुरुङलाई अध्यक्ष कोमल कान्छा गुरुङबाट मायाको चिनो सहित उपहार प्रदान गरे भने गत ३१ मार्च २०१३ का दिन एकता समाज हङकङद्वारा आयोजित् हङकङ ब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ आंधीखोला स्पोर्ट्स क्लबले प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरुलाई स्याङ्जाली गुरुङ चलचित्र “धिं” की नायिका रजनी गुरुङले खादा लगाई सम्मान गरेका थिए भने र महिला तर्फ आंधीखोला स्पोर्ट्स क्लबकै महिला भलिबल टीमले दोस्रो स्थान हासिल गर्न सफल भएकोमा नेपालबाट आमन्त्रित गुरुङ चलचित्र “धिं” का लेखन तथा निर्देशन लोक गुरुङले खादा लगाई सम्मान गरेका थिए।
समितिकै कोषाध्यक्ष चौ गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमलाई नेपालबाट आमन्त्रित स्याङ्जाली कलाकारद्द्य नायिका रजनी गुरुङ र गायक नरजंग गुरुङ लगायत अन्य कलाकारहरु तथा “धिं” चलचित्रका लेखन तथा निर्देशन लोक गुरुङ र श्याम गुरुङलाई पनि आ-आफ्नो मन्तब्य राख्ने अवसर दिइएको थियो। स्याङ्जाली कलाकारहरुले त त्यसै पनि स्याङजा जनसेवा समिति हङकङलाई धन्यवाद ब्यक्त गरे भने अन्य गैर स्याङ्जाली कलाकार एवं “धिं’ चलचित्रका लेखन तथा निर्देशन गुरुङद्द्यले पनि स्याङ्जा जनसेवा समितिलाई हिर्दयदेखि नै धन्यवाद ब्यक्त गर्दै हङकङ जस्तो ठाउंमा आएर पनि स्याङ्जा जनसेवा समिति हङकङबाट सम्मानित हुने सु-अवसर पाउंदा झनै खुसी ब्यक्त गरेका थिए ।
यसै क्रममा जिरे खुर्सानी टेलि चलचित्र मार्फत चर्चित स्याङ्जाली चेली मुखमा हानु जस्तो(शिव हरि पौड्याल)का जेठी श्रीमतीको रुपमा अभिनित सबिता गुरुङले पनि स्याङ्जालीहरुबाट सम्मानित हुन पाउंदाको क्षणलाई कहिल्यै नभुल्ने बताईन भने प्रवासमा रहेर पनि खेल जगतमा स्याङ्जाले गरेको प्रगतिलाई अझ उर्जा थप्दै भविष्यमा अझ सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गरिन । अर्का स्याङ्जाली नव गायक नरजंग गुरुङले पनि दोस्रो पटकको हङकङ साङ्गीतिक यात्रामा जिल्लाबासीहरुबाट पाएको मायालाई अविष्मरणीय क्षणको रुपमा लिनेछु भन्दै आफ्नै एल्बमको गीत “आंधीखोला तरेर स्याङ्जा झरेर” गाउंन पछि परेनन। यसैगरि अर्की स्याङ्जाली नायिका रजनी गुरुङले पनि गुरुङ चलचित्र प्रदर्शन गर्ने अवसरमा प्रथम पटक हङकङ आउंदा आफ्नै जिल्लावासीहरुको औधी माया पाएकोमा खुशी प्रकट गरिन भने आफ्नै हातबाट स्याङ्जाली खेलाडी दाजुभाइहरुलाई खादा लगाई सम्मान गर्न पाउंदा आफु सौभाग्यमानी भएको खुशी ब्यक्त गर्दै हङकङे स्याङ्जालीहरुको मायालाई कहिल्यै नभुल्ने बताईन साथै प्रवासमा रहेर पनि स्याङ्जाली खेलाडी दाजुभाई तथा दिदीबहिनीहरुले गरेको खेल प्रगतिलाई अझ सफलताको कामना गरिन।
अन्तमा, अध्यक्ष कोमल कान्छा गुरुङले हङकङमा हुने गरेको प्राय जसो साङ्गीतिक कार्यक्रमहरुमा स्याङ्जाली कलाकार आईरहने हुंदा हामीलाई पनि खुशी लाग्ने र प्रवासको यो भूमिमा जिल्लाकै कलाकारहरुलाई भेट्न तथा सम्मान गर्न पाउंदा खुशी लागेको बताए भने प्रत्येक जसो स्याङ्जा जनसेवा समिति हङकङले स्याङ्जाकै कलाकारहरुलाई मात्रै नभएर अन्य गैर स्याङ्जाली कलाकारहरुलाई पनि सम्मान गर्दै आएको बताए। उक्त दिनको सम्मान कार्यक्रम अन्तमा केहि समय नाचगानमा परिणत हुंदै अन्तिम रुप लिएको थियो भने कार्यक्रमलाई समितिकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए।

प्रस्तोता:- मुक काजी(काजी)गुरुङ
हङकङ