लन्डन ३ अप्रेल, मगर संघ बेलायतको चौथौ अधिवेशन यहि अप्रिल ६ तारीकका दिन मिउडेन एभिन्यु कम्युनिटी हल फान्ब्रोमा हुदैछ । उक्त अधिवेशनमा सबै पदमा उमेद्धवार पर्ने सम्भावना देखिन्छ । अध्यक्ष पदका लागी बर्तमान सल्लाहकार मेजर चित्र बहादुर राना मगर र बरिष्ट उपाध्यक्ष दुत पुन मगर हाल सम्म अगाडी देखिएका छन । दुत पुन मगर: मगर संघ यू.केका महासचिब हुदै बष्ठि उपाध्यक्ष भएका हुन ।
हाल मगर र पुनमा देखिएको ठुलो बिवादका कारणले पनि यो यू.के मगर संघको अधिवेशनले ठुलै महत्व पाएको छ । पुन समाज यू.के र मगर समाज यू.केको बिचमा (मर्ज), एकता गराउने सर्तमा जिम्मा लिएमा दुत पुन मगर पक्का पक्कि अबको यू.के मगर संघको अध्यक्ष बन्ने छन् । हाल यू.केको अबस्था पुन मगर मर्दा अरू थरका मगर नजाने, अरू थरका मगर मर्दा पुन मगर नजानेले गर्दा पुन मगर र अरू मगर बिचमा सम्बन्ध चिसिएको अबस्था रहेको छ । अब आउने अध्यक्षले भाबि दिनमा पुन समाज र मगर समाज लाई एउटै मालामा सबै फुलहरुलार्इ गांसेर लान सक्ने नेतृतवको खांचो छ , न कि सम्बन्ध झन खाडल नबनोस ।
उपाध्यक्ष पदमा बर्तमान कोषाधक्ष दलमान पुन मगर, बर्तमान संगठन सचिब पदम गाहा मगर, राजन थापा मगर, तिल रामजाली मगर, हीमाली राना मगर सहित ५ जनाको नाम बढी चर्चामा आइरहेको छ ।
यस पटकबाट एउटा महिला उपाधक्ष्य पद रहने बिधानमा उल्लेख भएनुसार हीमाली राना मगर सो पदमा र्निबिरोध निर्बाचित हुने पक्का भएको छ । एक बरिष्ठ, एक महिला र अर्का एक जना गरी ३ जना उपाध्यक्ष रहने ब्याबस्था नया बिधान मा छ ।
र त्यस्तै महासचिबमा तिन जना हस्तिहरु नेम थापा मगर, बम सुर्यबंशी मगर र बिजय हितान मगरको नाम बढी चर्चामा छ । नेम थापा मगर: मगर युथ, मगर बिदेश बिभाग, अध्यागमन बिभाग र यूके मगर संघको Website संयोजक साथै तेस्रो अधिवेशनका सचिबका दाबेदार पनि हुन ।
बम सुर्यबंशी मगर West London शाखाका बर्तमान सचिब तथा बौद्ध धर्ममा गहिरो अध्यान राख्ने बिज्ञाता ब्याक्तिमा पर्छन भने मगर कर्मकाण्ड यु.केका प्रमुख (वापा) भएर काम गरिरहेका छन ।
र अर्का हस्ति बिजय हितान मगर: हंगकंग देखिनै मगरको बिभीन्न पदमा बसेर काम गरि सकेका एक अनुभबि, साहित्यकार एबम बाताबरण बिज्ञ(Envoirmentalist) हुन । उनि भन्छन पद भन्दा काम ठुलो कुरो हो, महासचिबमा सहमति भएन भने संगठन सचिब उनको लागी मैदान खालिनै गरिएको छ ।
रोजमुर शाखाबाट मात्रै अध्यक्ष, उपाअध्क्ष र महासचिबमा क्रमश: दुत पुन, दलमान पुन र राजन थापाले माथिल्लो पदमा उमेद्वार दिएकोले पनि अरु शाखाबाट बिरोधको स्वरहरु आएकोले ३ जना मध्ये २ जनाले सो पदको दाबेदार छोड्नु पर्ने अबस्था आएमा र सहमति भएमा बम सुर्यबंसी मगरको पोल्टामा महासचिबको पद आउने देखिन्छ ।
यू.के मगर संघको मातहातमा १० वटा शाखा समिति,मगर महिला समिति,कलाकार समिति,यूबा(Youth) मगर समिति कृयशिल रहेका छन् । यो अर्थले पनि सबै क्षेत्र , शाखा समिति लाइ समेट्ने गरि कम्तिमा १ जना र बेशिमा २ जना सम्मको सहभागिता हुने गरि केन्द्रिय समिति निर्माण गरेमा समानुपातिक र समाबेशि मात्रै नदेखिएर समग्र मगरको बिकाश हुने देखिन्छ । यो नै मगरको एकता हो,मगरको बल हो । यदि गुटबन्दि भएमा फुटबन्दि सिबाए अर केहि हुदैन । धेरै ठाउमा मगरहरू गुटले फुट् ल्याएर जुट्न मुशकिल परेको हाम्रो अाफ्नै सामु धेरै उदारण हरू छन् ।
अधिवेशन दिन अगावै सबै पदमा सहमति गरेरै जाने र सबै पदमा सहमति भै रहेको निर्बाचन प्रमुख आयुक्त ई. भरत थापा मगरले राज्यसत्तालाई जानकारी दिएका छन ।
हालसम्म कोषाअध्यक्ष जस्तो महत्वपुर्ण पदमा कसैले पनि उमेद्धवार दिएका छैनन् । यू.के मगर संघले आफ्नै भवन निर्माणको लागी बिभिन्न कार्यक्रम् गरि आर्थिक संकलन गर्दै आइरहेको छ । लगभग १ लाख ५० हजार पौंड जम्मा भैसकेको बिशेष सुत्र बताउछ ।
यो आउने मगर संघ यू.केको चौथो अधिवेशनले सबल र सक्षम् ब्याक्तिको नेतृत्वमा नयाँ कार्यसमितिको निर्माण गरोस भन्दै राज्यसत्ता परिवार अधिवेशनको पुर्ण सफलताको शुभकामना दिन चहान्छौ ।
स्मरण रहोस यू.के मगर संघ २२ अगस्त २००२ मा फान्ब्रो स्थित गोर्खा रेस्टुरेन्टको भेलामा उपस्तित थर्क राना मगरको अगुवाइमा, अमृत थापा मगर, लिलामान सेर्पुन्जा मगर, मिरा आले मगर र केसरी (काउचा) थापा मगरको परिकल्पनामा गठन भएको थियो । आज यो संस्था प्रबासी मगर संघहरु मध्य हरेक क्षेत्रमा अग्र स्थान ओगट्न सफल भएको छ । यूके मगर संघको हालसम्म दशवटा शाखा समिति गठन भै सकेको छ । जुन् यस प्रकार रहेको छ :
1, Rushmoor Branch
2, Reading Branch
3, Swendon Branch
4, Catric Branch
5, Wemlly Branch
6, West London Branch
7, London Branch
8, Kent Branch
9, Welsh Branch
10, Plumbstead Branch
