संघीय सम्वाददाता बुटवल , आदिवासी जनजाति महासंघको केन्द्रिय महासचिव डण्ड गुरूङ्गले सम्पूर्ण आदिवासी जनजातिका हक अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिएका छन् । उनले नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रूपन्देहीको चौथो जिल्ला अधिवेशनमा यस्तो बोलेका हुन् । सधैं गुरूङ्गले अधिवेशन कार्यक्रममा बोल्दै आदिवासी पत्रकारले उठाएको मुद्दा नेपाल पत्रकार महासंघले सम्बोधन गर्नु पर्नेमा जोड दिएका थिए । उनले अलिहे सम्म ४ वटा जिल्लामा जिल्ला अधिवेशन भैसकेको र ४१ वटा जिल्लामा अधिवेशनको लागि तयारी भैरहेको बताए । पत्रकारिता पेशा भनेकै लेखेर, बोलेर, पढेर दक्ष अभिवृद्धि हुने हुँदा आगामी दिनहरूमा सशक्त रूपमा आदिवासकिा हक अधिकारका लागि कलम चलाउने कुरामा जोड दिए ।
आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष सन्तराम चौधरीले सम्पूर्ण आदिवासी सक्रिय रूपमा अगाडी बढ्नु जरूरी रहेको बताए । उनले आदिवासीका मुद्दाहरू केवल आदिवासी पत्रकारले नै उठाउने हुँदा देशमा अनिजको ठूलो भूमिका रहेको बताए । सम्पूर्ण जातजाति, भाषाले गर्दा आदिवासकिा मुद्दाहरू उठाउन नसकेको चौधरीको गुनासो गरे । महिलाहरूलाई पनि अवसर दिनुपर्ने र पत्रकारिता विषय निकै चुनौतिपूर्ण रहेको उनले बताए । त्यसको समान गर्नु पर्ने भन्दै वक्ताहरू बोलेका थिए ।
साथै पत्रकारहरूलाई चेनतामुलक तालिम प्रदान गर्नुपर्ने, अदिवासी पत्रकारहरूलाई समानुपातिक तरिकाद्वारा सम्पूर्ण पत्रकार महासंघमा समावेश गर्नुपर्ने र अब पत्रकारले चुनावको लागि दबावमुलुक अवस्था सिर्जना गर्नुपर्ने भन्दै जिल्ला विकास समितिका समाजिक अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाधयक्ष धन बहादुर गुरूङ्ग, पत्रकार महासंघ रूपन्देही अधयक्ष दिपक ज्ञवाली क्रान्तिकारी पत्रकार संघ रूपन्देहीका अध्यक्ष रूद्रहरी कुँवर, प्रेस चौतरी रूपन्देही जिल्ला उपाधयक्ष लक्ष्मण पौडेल, प्रेस चौतारी केन्द्रिय सदस्य भरत केसी, पत्रकार महासंघ रूपन्देही सल्लाहकार सुमन अधिकारी, थकाली सेवा समिति रूपन्देहीका अध्यक्ष सिवा प्रसाद शेरचन लगायतले बोलेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जिल्ला समिति रूपन्देहीको आयोजनामा मंगलबार बुटवल अमर भवनमा कार्यक्रम भिम गुरूङ्गको सभापतित्व रहेको थियो । भने उपाध्यक्ष हिकमत चौधरीको स्वागत तथा सचिव टेकबहादुर मास्कीको सञ्चालन रहेको थियो । ३ वर्षे कार्यकालको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोविन्द घर्तिले सुनाएका थिए । सविच मास्कीले ३ वर्षे गतिविधिको विवरण पेश गरेका थिए ।
नयाँ समिति चयन: नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रूपन्देहीको मंगलबार भएको चौथो जिल्ला अधिवेशनले मिलन गाहाको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा राज चौधरी, सचिवमा आशिष सूर्यवंशी, सहसचिवमा यशोदा थापा, कोषाध्यक्षमा सुन्दर तरामु मगर चयन भएका छन् । साथै सदस्यहरूमा कमल सिंह थारू, कमल थापा, श्रीनिवास चौधरी, दिपु मगर, उमा गुरूङ्ग, सनु थापा मगर चयन भएका छन् ।