मोटरसाइकल दुर्घटनामा एक दम्पती सहित तीन जनाको मृत्यु

Read Time:2 Minute, 13 Second

मोरङ , २७ कार्तिक 

मोरङ र सुनसरीमा भएका मोटरसाइकल दुर्घटनामा एक दम्पत्ति सहित तीन जनाको मृत्यु भएको छ । शनिवार बिहान मोरङको विराटनगर— रंगेली सडक खण्ड अन्तर्गत कटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको हो । भने कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान ८ मा बसको ठक्करवाट मोटरसाइकलमा यात्रा गरीरहेका एक दम्पत्तिको मृत्यु भएको छ ।
          विहान १ वजे कटहरी २ स्थित बाबा जुटमील अगाडि सडकमा गम्भिर घाईते अवस्थामा प्रहरीको गस्ति टोलीले फेला पारेका स्थानीय  ३५ वर्षीय निराजन माझीको उपचारका क्रममामृत्यू भएको हो । प्रहरीका अनुशार  को १ प ५९६९ नम्वरको मोटरसाईकल नजिकै माझि लडिरहेकाले उनको दुर्घटनाकै कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको कोशी अंचल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्इू भएको हो ।
यस्तै कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान ८ मा ना ३ ख १९२९ नंम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा यात्रा गरीरहेका एक दम्पत्तिको ज्यान गएको छ । मृत्यु हुनेमा धरान १९ चौकीवारीका ४९ वर्षीय सुर्यवहादुर राई र उनकी ४५ वर्षीया श्रीमती गौलक्ष्मी राई रहेका छन् ।
धरानवाट इटहरी आउँदै गरेको ना ३ ख १९२९ नंम्बरको बसले विपरित दिशावाट राई दम्पत्ति जाँदै गरेको को ४ प ७६६० नंम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो । दुर्घटनामा परि गौलक्ष्मीको घटनास्थलमै र सुर्यबहादुरको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %