बिजय हितान मगर
गत सनिबार २३ मार्च २०१३ को बेलुका सन्सारका १५२ राष्ट्रहरूमा करोडौं मानिसहरूले एक घण्टा घरको बिजुली बत्ति निभाएर अर्थ-आवर (पृथ्वीलाई एक घण्टा) मनाए । नेपाल, बेलायत अनी बिश्वभरी छरिएर बसेका हजारौंको संख्यामा नेपालीहरूले पनि यस कार्यक्रममा भाग लिएको अनुमान गरिएको छ । नेपालको पर्यटकिय शहर पोखरामा निमा रुम्बा, राजेस हमाल, मिस नेपाल् सृस्टि श्रेष्ठ इत्यादी कलाकारको साथमा सांगितिक कार्यक्रम गर्दै अर्थ आवर मनाइएको समाचार आएको छ । त्यस्तै बेलायतमा पनि गोर्खा पल्टनमा सेवारत सैनिक र तिनका परिवार, बिभिन्न संघ संस्थाहरूमा आबद्द ब्यक्तिहरू, र अन्य साधारण नेपालिहरू आ-आफ्नै घरमा बसेर एक घन्टा बत्ति निभाउँदै यस जलबायु परिवर्तन् सम्बन्धी सूचना मुलक आन्दोलनमा सरिक भएको बुझिएको छ ।
यसै क्रममा केन्टको क्यान्टबरी सिटीमा बस्दै आउनुभएको घन थापामगर र वहाँको परिवार गत केही बर्षदेखी यसमा भाग लिएको बताउनु हुन्छ । यस्तो खाले बातावरण-मैत्री कार्यक्रमलाई वाँहाले सधैं सहयोग पुर्याएको र, गत सनिबार एक घण्टा बत्ति मारेर बस्दा हुर्किसकेका दुई छोरि छोराहरू कम्प्युटर र होमवोर्क छोडेर बाउ आमाको काख वरीपरि पहिलो पल्ट बस्न आएको अनुभव बताउनु भयो । त्यसै गरि पूर्व-लन्डनमा रहने नरेन्द्र लिम्बूका श्रीमान र श्रीमती एक घन्टा अँध्यारोमा बस्दा एकैछिन भए पनि शान्ति छाएको आफ्नो अनुभव बाँडनु हुन्छ । उता पश्चिम-लन्डनमा बस्दै आउनुभएका पुस्कर गुरुङको भनाइ भने अलिकति फरक थियो । नेपालमा सधैं बाह्र पन्द्र घन्टा लोड शेडिङ हुने हुँदा हामि नेपालीहरू सबैभन्दा बढी बातावरण-मैत्री भएको र, याँहा बेलायतमा पनि अझै एक घन्टा बत्ति मारेर बस्दा यदि कतै नोबेल पुरस्कार जस्तो कुनै किसीमको पर्याबरणिय पुरस्कारको ब्यबस्था छ भने त्यो हामि नेपालीले पाउनु पर्छ भनि वहाँ ब्याङात्मक तर्क गर्नु हुन्छ । अनि बी एफ बी एस रेडियो सन्चालिका सिरिश सुनुवार पृथ्वीको प्रदुसित बातावरणबाट आफू र आफ्ना सन्तान चिन्तित रहेको जनाउँदै, अर्थ आवर जस्तो बिश्वब्यापी आन्दोलनलाई बेलायतमा रहेका नेपाली संघहरूले पनि सङठनात्मक रुपमा सहयोग गर्नुपर्ने आव्हान गर्नु भयो ।
स्मरण रहोस अर्थ आवर सन २००७ सालदेखी बिश्व बन्य जन्तु सम्रक्षण कोस (WWF) ले आयोजना गर्दै आएको बिश्वब्यापी बाताबरणिय चेतनामुलक अभियान हो । यसलाई बेल्पाली समाजमा गत ४ बर्षदेखी बी एक बी एस गोर्खा रेडियो, नेपालि समाचारपत्रहरू र ओनलाइन सान्चार माध्यमको सहयोगमा प्रचार प्रसार गरिदै आइएको छ । यस कार्यक्रममा सबैको सहभागिता रहोस भनेर गत बर्षहरुमा नेपाली दुताबास, एन आर एन यु के लगायत यहाँ रहेका थुप्रै नेपाली संघ सङठनहरूलाई अधिकारिक पत्रद्वारा जानकारि गराइएको थियो । आउने बर्षहरुमा यो बर्ष भन्दा बढी बेलायतमा रहेका नेपालीहरूले भागलिने र यहाँका संगठनहरूले प्रत्यक्ष अप्रत्यक्ष यस अभियानलाई साथ दिने अपेक्षा गरिएको छ ।
(हितान मगर बाताबरणबिद हुन)