बर्दिया, २६ कात्तिक । उपप्रधानमन्त्री एवम् काँगे्रस नेत्री सुजाता कोइरालाले आफ्ना पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा नहिँडे देश दुर्घटनामा पर्ने चेतावनी दिएकीछन् ।
प्रेस क्लब तथा युनियनद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री कोइरालाले भनिन ‘ गिरिजाबाबुले देखाएको बाटोभन्दा बाहिर गए माओवादीहरु पनि दुर्घटनामा पर्नेछन् ।’
उनले काँग्रेसले अघि सारेका तत्काल लडाकू व्यवस्थापन, हतियार नष्ट र कब्जा गरिएका घरजग्गा सम्पति फिर्तालगायतका मागहरु माओवादीबाट पूरा नहुँदासम्म आफ्नो पार्टीले दिएको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नहुने बताए ।
नेपालका माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिनु गम्भीर र नराम्रो कुरा भएकाले सो बारेमा छानबिन हुनुपर्ने उपप्रधानमन्त्री कोइरालाको भनाई थियो ।
बजेट पास नभए मुलुकको अर्थतन्त्र ठप्प हुने बताउँदै उहाँले मुलुक सञ्चालनका लागि जसरी पनि बजेट पास गराउनु पर्दछ उनले भनिन ।
नेत्री कोइरालाले आजै काँगे्रस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफूले नेपाली काँग्रेस जिल्ला कार्यालय भवनको हल निर्माणका लागि रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धता व्यत गरेकी छन् ।