हङकङमा किरात धर्मद्घारा मानव सुख, शान्ति र समृद्घिको सेवा सम्पन्न ।

Read Time:6 Minute, 35 Second

आम्भु जेठा

हङकङ, २५ मार्च, विश्व शान्ति मानव एकता, चराचर प्राणी जगत, मानवको सुख, शान्ति र समृद्घिको लागी किरात धार्मिक मुन्धुम अनुसार वार्षिक सेवा आइतवार मंकिहिलमा सम्पन्न भयो । ङा–लाधुङसेमी सेवा (मानव सुख, शान्ति र समृद्घिको कामना पुजा), साकमुरा वादेम्वा सेवा (गाली सराप वगाउने पुजा) तथा सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पुजा) धार्मिक मुन्धुम अनुसार किरात धर्म तथा साहित्य उत्थान संघ हङकङको आयोजनामा सम्पन्न भयो ।

किरात समुदायमा अनादीकालदेखि नै आ–आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति र पर्वहरु किरात सन्ततीहरुले मनाउदै आएको कुरा किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्बाङले वताए । किरात सताब्दिको विभिन्न कालखण्डमा किरात युगपुरुषहरु येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ र शिरीजङगाहाङको जन्मअवतार भई स्थापित किरात मुन्धुम अनुसार गरिदैआएको आफ्नो मौलिक धर्म, मौलिक संस्कार र संस्कृतीहरुमा विचलन हुदै आएको किरात धर्म गुरुहरुको मत रहेको पाइन्छ । विचलन हुदै आएको किरात मौलिक धर्म, संस्कार, संस्कृती र पर्वहरुलाई महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भई नयाँ ढंङ्गले पुनरउत्थान गरेको किरात धर्म गुरुहरुको एकै मत पाइन्छ । महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाइ स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाई अर्थात किरात समाजलाई डोर्याएको अध्यक्ष नेम्वाङले कार्यक्रममा वताए ।

सेवामा अर्थात पुजामा उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै संघका सचिव इन्द्र लक्समले त्यहा भइरहेको अवस्था र किरात धर्मको सेवा वारे स्पष्ट पारे भने भक्तजनहरु द्घारा ल्याएको भेटी लगायत अन्य सामग्रीहरु पारदर्शी पारे । उनले गाली सराप वगाइ सकेपछि सुख, शान्ति र समृद्घिको कामना तथा आर्शीवाद माग्नको लागि छुट्टै सेवा गर्नु पर्ने भन्दै ङा–लाधुङसेमि सेवाको विषयमा भक्तजनहरुलाई प्रष्ट पारे ।

किरात मुन्धुम (धर्म दर्शन) अनुसार गरिने सेवामा साकमुरा वादेम्वा सेवा, ङा–लाधुङसेमी सेवा, तथा सावायेहाङ खिवेक्वा यक्वा सेवा छुट्टा–छुट्टै भएको थियो । साङदाङगेन वारुम्मा सावा (दिक्षित गुरु अर्थात मुख्य सेवाको लागि अधिकार प्राप्त) सेवासावाहरु (किरात धर्मका पुजारी – गुरु पनि भन्ने गरिन्छ) द्घारा उक्त सेवा (कर्मकाण्ड, पुजा) गरिएको थियो ।

मुख्य सेवासावामा साङदाङगेन वारुम्वा सावा तुलकहङ तुम्सा र साङदाङगेन वारुम्मा सामा शान्ति आङवोहाङ एभेङ थिए भने सेवासावाहरु उत्र बहादुर राइ, कसित कुमार राइ, सान्ती आङवोहाङ, हेम येङदेन, लाजेसा लिम्बु रहेका थिए ।

पुजाको अन्त्य संगसगैं किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सदस्य तथा हङकङका उपाध्यक्ष खगेन्द्र गुरुङले औपचिरक कार्यक्रमलाई स्वागत गरेका थिए । संघको अध्यक्ष मोहनमान नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव इन्द्र लक्समले संचालन गरेका थिए ।

साङदाङगेन वारुम्मा सावा तुलकहङ तुम्सा प्रमुख अतिथि रहेको कार्यक्रममा सनराइज साप्ताहिकका प्रधान सम्पादक तथा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, आदिवासी जनजाति संघर्ष समिति संयोजक भक्त दुरा, आदिवासी जनजाति महासघ हङकङका अध्यक्ष एम वी थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवा, सुनुवार समाजका अध्यक्ष नरेश शुनुवार, हेवेन्लि पाथका चेस एसोसिएसन हङकङका अध्यक्ष मोति चाम्लिङ लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।

 प्रतिनिधि तथा भक्तजनहरुलाइ स्वागतद्घारमा निसाहाङमा नेम्वाङ, पृती एभेङ लगायत अन्य नालि फेङवा सदस्यहरुले स्वागत गरेका थिए । उनिहरु मेख्लि र परमपरागत गहनामा सजिएका थिए ।

कार्यक्रममा सेवासावा तथा भक्तजनहरुले परंपारगत किरात पहिरन तागावा र मेख्ली लगाएका थिए । किरात धर्म अनुसार पुजामा सवैले फुल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए । बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फुल तथा फल–फुल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखीएको थियो । हङकङमा किरात धर्म तथा सहित्य उत्थान संघ हङकङको आयोजनामा सन २००४ देखि यस्तो सेवा हरेक वर्ष गरिदै आएको छ । किरातीहरुमा वर्षमा एक पल्ट गाउँघर तिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %