भारतका कारण सरकार गठन र बजेट आउन ढिलाइ : विजुक्छे

Read Time:2 Minute, 17 Second

भक्तपुर, २६ कात्तिक 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकार गठन र बजेट आउन ढिलाइ भारतका कारण भएको आरोप लगाएका छन ।

अध्यक्ष विजुक्छले आज यहाँ पत्रकारसँग कुरा गर्दै भारतले सरकार गठन र बजेट आउन रोकेको आरोप लगाए  ।

तीन दलबीच जतिसुुकै गोप्य वार्ता भएपनि भारतले नचाहेसम्म सरकार गठन तथा राजनीतिक सहमति नहुने दाबी गरे  । उनले भने–‘तीन दलले निकास दिएर निस्कँदैन, भारतबाट निकास आउनु पर्छ ।’

भारतमा भएको १२ बुँदे सम्झौतासँग सम्बन्धित हरेक कुरा दिल्लीको निर्देशनमा हुने बताउँदै यहाँले भारतले सङ्केत दिए तुरुन्तै सहमति हुने बताए  ।

भारतको निर्देशनबिना नेपालले केही गर्न नसक्ने बताउँदै उहाँले नेपालका तीनदलका नेता भारतको चुङ्गुलमा फसेको आरोप लगाए  ।

भारतले पहिला अनमिन जाओस् भन्ने चाहेको बताउँदै अनमिन गएपछि नेपालमा आफ्नो प्रभुत्व जमाउने र हालीमुहाली चलाई भरपर्दो शक्तिको रुपमा भारत रहन चाहेको उनले बताए  ।

राष्ट्रपतिलाई सरकार सुम्पन भारत नमानिरहेको बताउँदै उनले राष्ट्रपतिले शासन गरे भारतले चाहेजस्तो नहुने भएकाले भारत राष्ट्रपति शासनको पक्षमा नरहेको हो वताए  ।  

नेपालका माओवादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने भनाई गलत भएको बताउँदै उनले नेपालको माओवादीलाई झुकाउन र नेपाललाई दबाब दिई आफ्नो प्रभुत्व बढाउन यस्तो आरोप लगाएको उनले बताए  ।

सञ्चारकर्मीले सोधेको एक प्रश्नको जवाफमा उनले सरकार नपाए सशस्त्र द्वन्द्वमा जाने माओवादीको भनाइ धम्कीमात्रै भएकाले यसले कुनै असर गर्दैन भने  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %