बस दुर्घटना, एकको मृत्यु, एकसय बढी घाइते

Read Time:1 Minute, 40 Second

    लमजुङ, २६ कात्तिक 

पूर्वी लमजुङको बोराङबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको एक यात्रुवाहक बस गोरखाको पालुङटारमा आज बिहान दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ भने एकसय भन्दा बढी घाइते भएका छन् ।

    बसभित्र र बाहिर गरी झन्डै डेढसय यात्रु बोकेर गएको सो बस पालुङटार विमानस्थलनजिकै बिहान ११ बजेतिर दुर्घटना भएको हो ।

    आज बिहान ७ बजे लमजुङको प्यारजुङ गाविसको बोराङबाट छुटेको ग१ख  १३५९ नम्बरको बस पालुङटार विमानस्थलनजिकै उकालोमा चढ्दै गर्दा विपरीत दिशाबाट आएको ट्र्याक्टरलाई ठाउँ छोडिदिने क्रममा दुर्घटनाग्रस्त भएको बसका यात्रु राजन पोखरेलले बताए।

    अत्यधिक भार भएका कारण एक्कासी बे्रेक लगाउँदा ब्रेक फेल भइ बस दुर्घटनाग्रस्त भएको बताइएको छ । बसभित्र र छतमा पनि खचाखच  यात्रु रहेकाले प्रायः सबै यात्रुहरु घाइते भएका छन् ।

    दुर्घटनामा परी मृत्युहुनेमा लमजुङको कोल्कीका आइतबहादुर तामाङ रहेका छन् ।
घाइतेहरुमध्ये केहीलाई पालुङटारको लक्ष्मी मेडिकल हलमा प्राथामिक उपचार गराइँदैछ भने केहीलाई लक्ष्मी अस्पताल डुम्रे लगिएको छ ।

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %