गोकर्ण वैठक सहमति नजिक : प्रचण्ड

Read Time:1 Minute, 44 Second

काठमाडौँ, २५ कात्तिक 

एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हिजो गोकर्णमा भएको बैठकपछि तीन राजनीतिक दलहरू सहमति नजिक पुगेको  बताएकाछन् ।

    काठमाडौँको कलङ्कीमा निर्माण गरिने आकाशे पुलको शिलान्यासका क्रममा उनले पछिल्लो वार्ताले दलहरूबीचको दूरी घटाएको र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन आफूले राखेको प्रस्तावमा छलफल भई ठोस निर्णय लिने सहमति भएको उल्लेख गरे।

    भारतीय माओवादीलाई तालिम दिएको भन्ने प्रचार मुलुककै अस्मितामाथिको गम्भीर षड्यन्त्र हो भन्दै अध्यक्ष दाहालले नेपाललाई अस्थिर बनाउन चाहने यस्ता तत्वहरूप्रति सबै नेपाली चनाखो हुनुपर्ने बताए ।

    उनले मित्रराष्टमाथि आक्षेप लगाउने यस्ता झुठा प्रचारबाजी विरुद्ध सबै राजनीतिक दल एक हुनुपर्नेमा पनि जोड दिए ।

    सार्वजनिक तथा निजी क्षेत्रको साझेदारितामा इन्नोभेटिभ प्रालिले रु २६ करोडको लागतमा सो पुल निर्माण गर्न लागेको हो ।

    छ महिनाभित्र निर्माण गरिसक्नुपर्ने सो पुलको डिजाइन भौतिक योजना तथा निर्माण मान्त्रालय र काठमाडौँ महानगरपालिकाका इन्जिनियरहरुले गरेका हुन् ।

 

 

 रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %