तमु ट्योहुल हंगकंगको अधिवेशन स्थगित,एक महिना भित्र निर्बाचन हुने।

Read Time:2 Minute, 54 Second

हंगकंग १७, मार्च २०१३ , तमु ट्योहुल हंगकंगको सातौं अधिवेशन स्थगित भएको छ । यउ मा तेईको कम्युनिटी हलमा सन्चालीत सातौं अधिवेशनले मध्यरात सम्म पनि नयां कार्य समिति चयन गर्न सकेन । समय अभावले गर्दा स्थगित भएको जानकारी दिंदै एक महिना भित्र निर्वाचन सम्पन्न गर्ने गरी स्थगित गरेको राज्यसत्तालाई जानकारी प्राप्त भएको छ ।

 

अधिवेशनमा पांच जनाले अध्यक्षमा उमेद्वरी दर्ता गरेका थिए । अध्यक्षको प्रतिस्पर्धीहरुमा नेपाली महासं हंगकंगका उपाध्यक्ष रीता गुरुड्ग,स्याङ्जा जनसंपर्क मंचका अध्यक्ष कोमल गुरुङ्ग,सस्थाकै पूर्ब सचिब  सुरेश गुरुङ्ग, दुर्गा गुरुङ्ग र काशी गुरुङ्ग थिए ।

सक्दो सहमतिको बाटो खोज्दा रीता गुरुङ्गले उमेद्वारी फिर्ता लिएका थिए भने अन्य प्रतिस्पर्धीहरु भने अडीक रहि रहे । मध्यस्त कर्ताहरुले अझै सहमतिको बाटो खोज्दा सम्भवत २ जना प्रतिस्पर्धीहरु कोमल गुरुङ्ग र सुरेश गुरुङ्ग बिच मतदानहुने प्रबल संभावना थियो । बन्द सत्रले कार्य प्रगति प्रतिबेदन , आर्थिक प्रतिबेदन र बिधान सर्वसम्मतिले पारित गरेको थियो ।
 

कार्यक्रमलाई  दुई चरणमा बिभाजन गरीएको थियो । पहिलो चरणको कार्यक्रम हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरको प्रमुख अतिथ्यमा र  बिशेष अतिथीहरुमा गैर आवासीय नेपाली संघ हंगकंगका अध्यक्ष दुर्गा गुरुङ्ग र नेपाल आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम बि थापा मगरलाई आसन ग्रहण गराइएको थियो । बिभिन्न जातिय संघ संस्थाहरु र अन्य संस्थाहरुका अध्यक्ष/प्रतिनिधि हरूलाइ पनि  अतिथीको आसन ग्रहण गराइएको थियो ।

कार्यक्रमका बक्ताहरुले उक्त सातौं अधिवेशनको सफलताको शुभकामना दिदै निर्बाचनले चयन गर्ने नयां समितिलाई कार्य सफलताको कामना पनि गरेको थियो । कार्यक्रम तमु ट्योहुल हंगकंगको अध्यक्ष अर्जुन गुरुङ्को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन सचिब युवराज गुरुङगले गरेको थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %