इटहरी, २५ कात्तिक
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख ठूला राजनीतिक दलहरु सत्ता समीकरणमा केन्द्रित भएकाले तीनदलबीचको महङ्गा रिसोर्टमा भएका गोप्य बैठकहरु असफल हुने गरेको बताएकाछन।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा आइपुग्नुभएका अध्यक्ष यादवले आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताए ।
अध्यक्ष यादवले संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र माओवादी सेना व्यवस्थापन गर्ने कुरा ओझेलमा पारेर प्रमुख तीनदल सत्ताकै खेलमामात्र केन्द्रित रहन थालेकाले देश बर्वादीतिर गइरहेकोमा चिन्तासमेत व्यक्त गरे ।
अध्यक्ष यादवले मधेसवादी दल तथा अरु साना दलसमेतको साझा बैठकले मात्र देशको वर्तमान समस्याका निकास निक्लन सक्ने स्पष्ट पारे ।
तीन दलले सहमतिको नाममा अन्य २४ दललाई अवमूल्यन गर्ने प्रयास गरिए त्यसले दुष्परिणाम ल्याउने चेतावनी दिँदै अध्यक्ष यादवले नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने सार्वजनिक भएको खबरमा कुनै तुक नभएको बताए ।
रासस