हङ्गकङ्ग , १४ मार्च , नेपालको चार प्रमुख दलहरु एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले हिजो सांझ गरेको सहमति अनुरुप प्रधानन्याधीश खिलराज रेग्मीलाई अन्तरीम निर्वाचन मन्त्रिपरिषदको अध्यक्ष वनायो । यी चार दलहरुले ११ बुंदे सहमतिमा हस्ताक्षर गरेपछि चुनावी मन्त्री परिसदको गठनको वाटो खुलेको हो । आज विहान शितल निवासमा राष्ट्रपती राम वरण यादवले रेग्मीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।
प्रमुख दलहरुको सहमति वमोजिम ११ सदस्यिय मन्त्री मण्डल गठन गरर्ने भएको छ । अध्यक्ष रेग्मीले आजै गृह र परराष्ट्र मन्त्रि माधव प्रसाद घिमिरे र कानुन न्याय एवं श्रम मन्त्री हरी प्रसाद न्यौपानेलाई अा-आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरायो ।
घिमिरे पुर्व मुख्य सचिव साथै हंगकंगकालागी पुर्व महावाणीज्यदुत थिए भने न्यौपाने पुर्व सचिव हुन । नेपालको राजनितीमा पहिलोपटक चार दलको सहमतिमा भएको यस्तो अप्रजातान्त्रीक निरर्णयले नेपालभर प्रधानन्यायधीश र ४ दलको विरुद्दमा आक्रोस वढ्दै गएको छ ।
एसएलसी परीक्षाको समयमा परीक्षर्थीहरुलाई सहज परिस्थितिमा परीक्षा दिनलाई मद्धत गर्न सरकारले कनै पनि किसीमका आन्दोलन र वन्दहरु नगर्न आग्रह गर्दै आएपनि अव एसएलसी परीक्षा भनेर वस्नेहो भने हाम्रो आन्दोलन सफल नहुने आन्दोलनको नेतृत्व गरीरहेको माओवादीका नेताहरु भन्छन । संविधान सभाको अवसन गराउनमा मुख्य दोसी यीनै ४ दलहरुले अहिले आएर गरीरहेको यो नाटक मन्चनले तोकिएकै समयमा चुनाव गराउलान त ?
उता लामो समय देखि प्रधानन्यायधीशलाई प्रधानमन्त्री वनाउन हुदैन भन्दै विरोध गर्दै आईरहेको वार एसोशिएसनले भने यो सहमतिको कडा निन्दा गरेको छ । वार एसोशिएसनका अध्यक्ष हरी कृष्ण कार्कीले यो निर्णयले निरंकुसतिर उन्मख गरेको भन्दै सपथ ग्रहण गर्नु गलत भएको वताउछन । उनले वार एसोशिएसनको विषेश वैठक वोलाएको छ ।
नेकपा माओवादी सहित २२ वटा दलहरुले प्रधानन्यायधीशको अध्यक्षतामा सित्तल निवासमा शपथ लिदै गर्दा चुनावी मन्त्री परिसद गठनको विरोधमा शितल निवास बाहिर विरोध र नारावाजी गरेको थियो । यसै विच प्रदर्सनकारी र प्रहरी विच झडप समेत भएको थियो । केही प्रदर्सनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विरोध तथा प्रदर्सनीको नेतृत्व माओवादी उपाध्यक्ष सि पी गजुरेल र महासचिव राम वहादर थापा मगरले लिएका थिए । अहिले काठमाण्डौ संग जोडीएको पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, त्रिभवन राजपथहरुमा गाडीहरु ठप्प भएको छ , भने द्रशको विभिन्न प्रमुख शहरहरुमा पनि बिरोध प्रदर्शन र यातायत वन्द भएका छन् ।
नेकपा माओवादीका सचिव देव गुरूगले यो नेपालको इतिहासमा प्रजातन्त्रलाई सिध्याउने कालो दिनको रुपमा लिन सकिने वताए । किनकी विगतको आन्दोलनवाट सिमित मात्रमा भएपनि दलिय प्रजातन्त्र पद्दती प्राप्त भएको थियो र त्यसलाई समाप्त पार्न दलहरुकै नेताहरु प्रयोग गरिंदै छ । यसले प्रतिगमन र पक्षगामी तर्फ देश धकेलिंदै छ । उनि भन्छन देशको राष्ट्रीय सार्वभौम सत्ताको दृष्टिकोणवाट हेर्दा पनि अन्तरीम संविधानमा परिकल्पना समेत नगरेको कुरा विदेशी शक्तिहरुले प्रस्ताव राख्यो भन्ने आधारमा ४ ठला दलका नेताहरुले प्रजातन्त्र समाप्त पार्न पछि नहटेको आरोप लगाए ।
कुनै सिष्टम अन्तरगत प्रधानमन्त्री फेर्नु कुनै नया नौलो कुरो होइन । सिष्टममा यो चलिरहने प्रकृया हो तर दलिय वा प्रजातान्त्रीक सिष्टममै फेरेर लाने यो इतिहासमै नभएको एक प्रकारको अप्राजातान्त्रिक हो । खिलराज रेग्मी नेपालको इतिहासमा न्यापालिका बाटै सरकार चलाउने पहिलो प्रधानन्यायधीश हुन । उनी नेपालको ३६औ प्रधानमन्त्री हुन । चार दलको निर्णय र ११ बुंदे सहमति अनुसार चुनाव यहि असारको पहिलो हप्तासम्ममा निर्वाचन सम्पन्न गर्ने र निर्वाचन सकिए पछि प्रधान न्यायधिस पुनह आफ्नो काममा फर्किने भएका छन् ।
विक्रम थापा मगर