प्रधानमन्त्री र मन्त्री पाल्पाकै भएपछि जिल्ला बासी हर्षित

Read Time:2 Minute, 27 Second

देब पचभैया पाल्पा, चैत्र १

 

अन्तरिम चुनाबी सरकारको प्रमुख र मन्त्री पाल्पाकै भएपछि पाल्पाबासी निकै सुशि भएका छन् । पाल्पाको पोखराथोकमा जन्मिनुभएका प्रधान न्यायाधिस खिल राज रेग्मी चुनाबी सरकारको प्रमुख र बन्दीपोखरा निबासी पुर्ब मुख्य सचिब माधब प्रसाद घिमिरे गृह मन्त्री भएपछि जिल्ला बासीहरु हर्षित भएका हुन् ।

अहिले सम्म पाल्पा जिल्लाबाट कुनै पनि ब्यक्ति मन्त्री समेत भएका थिएनन् । हिजो देखि बेलुकी बाटै आज बिहान ९ बजे खिलराज रेग्मीले चुनाबी सरकारको प्रमुखको रुपमा सपथ ग्रहण गर्ने जानकारी पाएका पोखराथोक बासीहरु बिहानै देखि रेग्मीको घरमा जम्मा भएर टेलिभिजन हेरेका थिए ।

रेग्मीले सपथग्रहण गरेको टेलिभिजनमा हेरिरहेका खिलराजका काका टंकनाथ र काकी बिष्णुकुमारीले हर्षको आसु खसाएपछि भेला भएका सबैले आसु बगाएका थिए । पोखराथोक बासीले बिहानै देखि आपसमा मिठाई बाडेर खुसी ब्यतm गरेका छन् भने आज बेलुकी नाच गान गरेर खुसियाली मनाईने तयारी भएको स्थानिय झपेन्द्र गहिरेले जानकारी दिनुभएको छ । उहाका अनुसार प्रधानमन्त्री र मन्त्री पाल्पाकै भएकोमा जिल्लाको बिकास हुने आसा भन्दा पनि राजनितिक गतिरोधको अन्त्य पाल्पालीको अगुवाइमा होस भनेर आफुहरुले चाहेको बताउनुभएको छ ।

पुर्ब प्रधानपन्च समेत रहेका खिलराजका बुवा ढुण्डीराजको मृत्यु भएपछि आमा चित्र कुमारीलाई खिलराजले काठमाण्डौ लानुभएको थियो । खिलराजको घरमा बसेका छिमेकी श्रीमान थापाले घरमालिक सरकार प्रमुख बनेका थापा पाएपछि आफुहरुले छिमेकी सबैलाई मिठाई बाडेको बताउनुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %