छठको दोस्रो दिन ‘खरना’ गरिँदै

जनकपुरधाम, २५ कात्तिक 

मिथिलाञ्चलको महान पर्व छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ गरिँदैछ ।

    खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् ।

    बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ ।

    सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रुपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरुले पनि यसलाई प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ ।

 

रासस