नेपाल विद्यार्थी मोर्चाको तेस्रो राष्ट्रिय महाधिबेशन दमौलीमा सम्पन्न ।

Read Time:6 Minute, 7 Second

–खडक आले मगर

२७ फागुन तनहुँ ।“उच्च तहसम्म सबै भाषामा शिक्षा र उत्पिडित विद्यार्थी लाई कोटाको ब्यवस्था गरौं, नेपाल विद्यार्थी मोर्चाको तेस्रो राष्ट्रिय महाधिबेशन सफल पारौं।” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मोर्चाको तेस्रो राष्ट्रिय महाधिबेशन तनहुं जिल्लाको सुन्दर नगरी दमौलीमा  शनिबार सम्पन्न भयो ।

राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषदका, केन्द्रिय बरिष्ठ उपाध्यक्ष  शिब लाल थापा मगरको प्रमुख आतिथ्य तथा मोर्चाका अध्यक्ष पुर्ण बहादुर राना मगरको सभापतित्वमा सम्पत्र उक्त महाधिबेशनमा प्रमुख आतिथ्य आसन बाट बोल्नु हँदै , राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष  शिब लाल थापा मगरले भन्नु भयो “हाल देश संकटमा फसेको छ” । नेपाली जनताले परिकल्पना गरेको संघियता र पहिचन लाई ठूला दल भनाउदाहरुले लत्याएको छ । आदिबासी जनजाति,दलित, महिला, अल्पसंख्याक र पिछाडाबर्गहरुको पहिचन र संघियतालाई स्वीकार्न नसकेकोले नै यो संकट आएका कुरा बताउनु भयो ।  

‘उहाँले आगडि भन्नु भयो , देशले निकास पाउनै पर्छ । निकास पाउनको ताजा जनादेशमा जानुको कुनै बिकल्प छैन । तर ठूला दलहरु ताजा जनादेशमा जान पनि चहिरहेको छैन । उल्टै स्वतन्त्र न्याय पालिकाकै धज्जी उडाउने काम गर्दै बजारमा हल्ला पिटिरहेका छन । उनीहरुको बह्रा पन्ध्र जनाको जमघट दिनहुं जसो भैरहन्छ , को प्रधान मन्त्री बन्ने भन्ने होडबाजीमा लडिरहेका छन । तर उनीहरुको मनसय चैं जनताको हितमा बिल्कुल छैन । यस बिषयमा ठूला दलहरुले फेल खाई सकेका छन । अबको निकासको बाटो भनेको  साना दलहरुको नेतृत्वमा चुनवी राष्ट्रिय सरकार हो । यसको  नेतृत्वमा राष्ट्रिय जनमुक्ति पार्टीले लिनु पर्छ । किन की जनमुक्ति पार्टी समानुपतिक प्रतिनिधित्वको आधारमा प्रतिनिधि,संघियता र पहिचनको मुद्घा उठाउने जेठो पार्टी हो ।, उक्त कुरा उहाँले  उदघटन मन्तब्य दिने क्रममा भन्नु भएको हो ।

” मोर्चाका महासचिब फडिन्द्र घलेले संचालन गर्नु भएको कार्यक्रमको उदघटन सत्रमा बिभिन्न महानुभाबहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । मन्तब्य दिनु हुनेहरुमा, राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषद सदस्य एवं बिद्यार्थी इन्चार्च डि.के सुर्यवंशी , संघिय परिषद सदस्य कर्ण सुनारी मगर , सदस्य हस्त बहादुर थापा, मगराँत राज्य परिषद अध्यक्ष इन्द्र बहादुर मास्की मगर, राष्ट्रिय भु.पु. सैनिक संघका महासचिव दुर्ग प्रसाद गुरुङ , राष्ट्रिय जनमुक्ति पार्टी तनहु जिल्लाका अध्यक्ष मन्ध्ररी आले मगर, पुर्व अध्यक्ष केशर बहादुर थापा मगर, स्वतन्त्र युवा मोर्चा तनहुंका पुर्व अध्यक्ष खडक बहादुर आले मगर, नेपाल विद्यार्थी मोर्चा तनहुंको अध्यक्ष श्री बहादुर थापा मगर , विद्यार्थी प्रतिनिधि टिना गुरुङ प्रेमध्वोज गाहा मगर लगयातका ब्यक्ति हरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।

  

स्वतन्त्र युवा मोर्चा तनहुंका पुर्व अध्यक्ष खडक बहादुर आले मगर को संयोजकत्वमा रहेको निर्वाचन मन्डलले पुर्ण बहादुर राना मगरको अध्यक्षतामा १३ सदसीय  नेपाल विद्यार्थी मोर्चाका केन्द्रिय समिति निर्वाचित गरेको छ । सह अध्यक्ष, उपाध्यक्षहरुमा क्रमशः  प्रेमध्वोज गाहा मगर नवलपरासी, टंक आग्री कन्चनपुर, मिन बहादुर थापा काठमाण्डेो, फडिन्द्र घेले रुपन्देही निर्वाचित हुनु भएको छ । त्यस्तै उपमहाचिव , संगठन सचिवमा क्रमशः श्री बहादुर थापा  टिना गुरुङ तनहुं निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा क्रमशः मिन बहादुर थापा डोटी, सचिन थापा तनहुं  दिल बहादुर थापा तनहुं  छनौट भएका छन । धन बहादुर थापा काठमाण्डो लाई प्रचार प्रसार विभागको प्रमुखको जिम्मा दिएको छ भने  सुनिल कुमार पेङमी अर्घखाँची लाई  शैक्षिक विभागको प्रमुखको जिम्मेवार दिएको छ । अन्य पद विभागिएको प्रमुखको जिम्मेवारी भौगोलिक, जाति, क्षेत्र, लिङ्गको आधारमा संयोजन हुने गरि पदपुर्ति गर्न मोर्चा केन्द्रिय समिति लाई नै जिम्मा दिएको छ । राष्ट्रिय महाधिबेशन जनमुक्ति पार्टी तनहुंको पार्टी कार्यलयको सभाहलमा सम्पन्न भएको थियो ।    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %