सन्तवीर लामा
धनकुटा (ब्लाष्ट) : नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनुकटाको आयोजनामा ४० दिने नासु सो सरहको लोकसेवा तयारी कक्षाको तालिम आईतवार देखी धनकुटामा सुरु भएको छ ।
धनकुटा नगरपालिका कार्यालयको आदिवासी जनजाति उत्थान कार्यक्रमको सहयोगमा संचालित नासु सो सरहको ४० दिने लोक सेवा तयारी कक्षाको उद्धघाटन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका सल्लाहकार एवं धनकुटा नगरपालिकाका शाखा अधिकृत डम्वर रोगुले एक समारोहको विच गरेका छन ।
सो अवसरमा वोल्दै धनकुटा नगरपालिकाका शाखा अधिकृत डम्वर रोगुले राज्यको नीति तथा कार्यक्रम अनरुप राज्यद्धारा पछि पारिएका आदिवासी जनजाति समुदायका युवा युवतीहरुलाई निजमति सेवाको प्रवेशद्धारको रुपमा रहेको लोक सेवा आयोगको तयारी कक्षा नासुको तालिम संचालन गरेर परिक्षाको तयारीको लागी सहयोग पुगोस भन्ने उदेश्यले आयोजना गरिएको वताए ।
त्यसैगरी, सो अवसरमा वोल्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका कार्यक्रम संयोजक सन्तवीर लामाले धनकुटा नगरपालिकामा आदिवासी जनजाति नगर समन्वय समिति नभए पनि आदिवासी जनजातिहरुको हकहित र अधिकार प्राप्तीको लागी समय र आवश्याक्ता अनुसारको कार्यक्रम आयोजना गर्न सहयोग पुर्याएको भन्दै धनकुटा नगरपालिकालाई धन्यवाद दिए ।
आगामी ०७० सालको वैसाख ५ गतेसम्म संचालन हुने लोक सेवा आयोग तयारी कक्षाको नासु सो सरहको तालिममा प्रथम पत्र र दोश्रो पत्रको लागी जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत मुक्ति सुवेदी, धनकुटा नगरपालिकाका कार्यकारी प्रमुख कुमार प्रसाद कोईराला, शाखा अधिकृत डम्वर रोगु याखा, जिल्ला निर्वाचन अधिकृत शुवर्ण घिमिरे, जिल्ला प्रशासन कार्यालय धनकुटाका शाखा अधिकृत खगेन्द्र घिमिरे लगायत विषय विज्ञले सहजीकरण गर्ने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद, धनकुटाका अध्यक्ष गोपाल लिम्वुले वताए ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष गोपाल लिम्वुको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा नगर समन्वय परिषदका सह–सचिव देवी राईले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा नगर समन्वय परिषदका सचिव सरोज राई, इन्द्र लुङ्गेली लगायतको उपस्थिति रहेको थियो । तालिममा धनकुटा जिल्लाको विभिन्न गाविस र एक नगरपालिकाका ५० जना आदिवासी जनजाति युवा युवतीहरुले भाग लिईरहेका छन् ।