केजिन राई /मणि कुमार राई
ब्रसेल्स बेल्जियम ,मार्च ८ । अब आफ्नो भाग्य निर्माण गर्न अरूको भर पर्ने दिन गएको,आफ्नो भाग्य आँफै निर्माण गर्ने दिन आएको कुरा सङघीय समाजबादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईले बताउनु भयो । उक्त कुरा गत ५ मार्च का दिन बेल्जियमको लुभेन सहरमा संयुक्त किरात समाज बेल्जियमद्वारा वर्तमान तरल नेपाली राजनीतिका चर्चित राजनीतिक हस्ति अशोक कुमार राईको नागरिक अभिनन्दन कार्यक्रमको सन्दर्भमा बताउनु भएको हो । पहिचान बिनाको मान्छे भनेको मातृत्व – पितृत्व बिहीन ठेगान नभएको टुहुरालाई बुझिन्छ ,२१ औ शताब्दीमा पनि टुहुरो बनेर बस्न सकिन्न अध्यक्ष राईको कथन थियो ।
आफ्नो पार्टीलाई मार्क्सबादीको आरोप लागि रहेको सन्दर्भमा अब आफु कम्युनिष्ट नरहेको बताउदै पूँजिबाद ,समाजबाद ,मार्क्सबाद सबैबाट चाहिने कुरा ,असल बिचारहरू केलाएर लिनु पर्ने बताउदै आफ्नै माटोमा बनेको सिन्दान्त सङघीय समाजबादीमा रहेको जिकिर गर्दै अध्यक्ष राईले अगाडी भन्नु भयो ¨ बिरालो सेतो होस वा कालो ,मुसा मार्ने महान लक्ष प्राप्ती गरे भई हाल्यो ¨। उक्त कार्यक्रममा नेता राईले करिब एकघण्टा आफ्नो धारणाहरु राख्ने,क्रममा नेपालका ठुला राजनैतिक दलहरुले जनता र राष्ट्रलाई सहि निकास दिन नसकेको हुदा नया पार्टीको जन्म भएको हो भन्नु भयो । हामिले कुनै लहडमा वा क्षणिक फाइदा हेरेर पार्टी खोलेका होइनौ , धेरै अध्ययन पुरै छलफल गरि सुझाबहरु लिएर वर्तमान बस्तुस्थितिहरुलाई मध्यनजर गरेर पार्टी खोलेका हौ । पार्टीले लिएका नीति सिद्दान्त ठिक छैन भन्ने कोहि छ भने उनीहरुसंग जुनसुकैबेला खुल्ला छलफल र बहस गरि हामि सहि छौ भन्नेकुरा सिद्द गर्न तयार छौ । यदि कसैले हामि गलत छौ भनि सिद्द गर्न सक्दछभने हामि अबिलम्ब सच्चिन तयार पनि छौ भन्नुभयो !
अध्यक्ष राईले पार्टी खोल्नुपर्ने औचित्य माथि प्रकाश पार्दै भन्नुभयो , हाम्रा देशका ठुला पार्टीहरुले पहिचान सहितको संघियताको मुद्द्दालाई अगाडि बढाउन नसकेकोहुदा देशमा भएका सबैखाले शोषण अन्याय,अत्याचार र उत्पिडन , विभेदहरु समाप्त गरि नया समृद्द नेपाल बनाउन बर्गिय मुक्तिको लागि समाजबाद , जातीय मुक्तिको लागि संघियता र पहिचान सहितको संघियता , संघियता सहितको संबिधान बनाउन हाम्रो पार्टी अगाडि आएकोछ भन्दै संघिय समाजबादी पार्टीमा आवद्दहुन तमाम तप्कालाई आब्हान गर्नुभयो । किरात समाज बेल्जियमका कार्यबाहक अध्यक्ष पूर्ण कांगबांग लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजकै महासचिब मुना राईले संचालन र समाजका सल्लाहकार बदन योङ्गहाङ्ग लिम्बुले स्वागत मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा किरात सदश्यहरुका साथ अन्य सहकर्मी नेपाली सामाजिक संघसंगठनहरु आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा , बिश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर , शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा र नेपालबाट पाल्नुभएका कलाकार ज्योति मगर लगायतको सहभागिता रहेको थियो । उक्त महत्वपूर्ण एतिहासिक कार्यक्रममा आआफ्नो परिचय दिने क्रममा धेरै सहभागीहरुले सम्मानित नेता अशोक कुमार राईका अनुभबि खारिएका राजनैतिक नीति बिचारको प्रसंशा गर्दै वहाको पार्टीमा समाबेश भएर हुन्छ वा बाहिर रहेर हुन्छ आआफ्नो प्रकारको सहयोग पुर्याउने बचन दिएका थिएभने अन्य पार्टीमा रहेका व्यक्तिहरुले समेत पहिचान र संघियता सहित जनजीविकाको सवालमा संयुक्त रुपमा अगाडि बढ्न सकिने विचार ब्यक्त गर्दै अध्यक्ष राईका सारगर्वित , सानदार , शालिन सभ्य बक्तब्यको सबैले सरहना गरे ।
त्यसै गरि समाजका बिषयमा जानकारी गराउदै मणि कु.राईले हाम्रो संयुक्त किरात समाज कुनै राजनैतिक पार्टीसंग आवद्द नभै बिशुद्द सामाजिक संगठन भएको हुदा राष्ट्र सेवक नेता राईलाई राजनैतिक पार्टी बिशेषको नाताले नभै चारदशक अगाडिबाट राजनैतिक पार्टीमा रहेरपनि इमान्दारपुर्बक निरन्तर नेपाली जनता र राष्ट्रको सेवामा निस्वार्थ समर्पित संघर्षरत कर्मठ अनुभबि किरात राष्ट्रसेवक नेपाली राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न सफल नेपाल राष्ट्रकै बौद्दिक किरात व्यक्तित्व हुनुभएकोमा नागरिक अभिनन्दन गरेको बताउनु भयो ।
नागरिक अभिनन्दन कार्यक्रममा नेता राईलाई संस्थाका काबा अध्यक्ष पूर्ण कांगबाँग लिम्बुले फुलको गुच्छा र खादा ओढाई कार्यसमितिका पदाधिकारीहरु कांगबाँग लिम्बू , मुना राई , बिमल सुब्बा , बदन योङ्गहांग लिम्बू , पपुषा लिम्बू , माकुना लिम्बू , कर्ण सुब्बा , राजेश लिम्बू , मणि राई एवैछा , अमित चेम्जोङ्ग र केजिन राईका सामुहिक बाहुलीबाट संस्थाको तर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको थियो । कार्यक्रम बिसर्जन पछि रात्रीभोजको आयोजना गरिएको थियो ।