संवैधानिक संकट र राजनीतिक गतिरोधको अन्त्य र निकासका लागि यही २०७० साल जेष्ठ महिनाभित्र स्थानीय निकायसहित संविधानसभाको निर्वाचनको मिति घोषणा गराउने, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने तटस्थ चुनावी सरकारको गठन गर्ने, मोर्चालाई सर्बोच्चअदालतका प्रधान न्यायधिसलाई चुनावीसरकारको प्रधानमन्त्री बनाउने कुरामा आपत्ति नभए पनि कार्यपालिका र न्यायपालिकाको अधिकार एकै व्यक्तिको हातमा दिनु नहुने, संविधानसभाको समानुपातिक सीट घटाउने र मन्त्रीपरिषदले सभासद मनोनित गर्ने लोकतन्त्रविरोधी प्रस्ताव मान्य नहुने, निर्वाचन जातीय/समुदायको जनसंख्याअनुसार पूर्णसमानुपातिक तथा समावेशी सिद्धान्तका आधारमा हुनुपर्ने, २०६४ स्रविधानसभाको मतदाता र सबै १६ बर्ष उमेर पुगेकाको मतदान गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने, विगतमा भएका जनआन्दोलन, मधेशआन्दोलन, आदिवासीजनजातिलगायतका आन्दोलनबाट प्राप्त संङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षताजस्ता अधिकारहरु गुम्न नदिने, हिजोका संविधासभाको उपलब्धीको स्वामित्व ग्रहण गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, तीन दलको सहमतिलाई मात्र राष्ट्रिय सहमति नमान्ने, आदि मूल उद्देश्य राखी संघीय लोकतान्त्रिक मोर्चा नेपालको आह्वानमा भएको आज २०६९ फागुन २४ गते बिहान ५ वजेदेखि बेलुका ४ बजेसम्मको नेपाल बन्दको कार्यक्रम देशभर शानदार रुपमा शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न भएको छ ।
यसबाट नेपाली जनता छिटोभन्दाछिटो संविधानसभाको निर्वाचन गरेर संक्रमणकालको अन्त्य चाहन्छ भन्ने स्पष्ट भएको छ । यो अवसरमा सम्पूर्ण न्यायप्रेमी, अग्रगामी, परिवर्तनकारी जनता, प्रेशजगत, मानवअधिकारकर्मी, मोर्चामा आबद्ध सातै दलका नेता तथा कार्यकर्ताहरुलाई तपाईहरुको समर्थन, सहयोग, सहभागिता र योगदानका लागि हामी मोर्चाकोतर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं र भविष्यमा पनि सहयोग रहनेछ भन्ने अपेक्षा राखेका छौं । शान्तिपूर्ण बन्दको कार्यक्रमलाई असफल बनाउन बन्द फिर्ता भयो भन्नेजस्ता भ्रम छर्ने र शान्तिपूर्ण रुपमा विरोध गर्ने नागरिकको अधिकारलाई उलंघन गर्दै काठमाडौंउपत्यकाका विभिन्न स्थानबाट शान्तिपूर्ण प्रदर्शनमा भाग लिइरहेका २०० भन्दाबढी नेता, कार्यकर्ताहरुलाई धरपकट, गिरफतार र दमन गरेको तथा पार्टीको झण्डासमेत खोसेकोमा हामी सरकार र प्रहरी प्रशासनको घोर विरोध र भत्सर्ना गर्दछौं । साथै, गिरफ्तारमा परेकाहरुलाई अबिलम्ब रिहाई गर्न आग्रह गर्दछौं, अन्यथा हामी कडाभन्दाकडा आन्दोलनमा उत्रनु बाद्य हुने कुरा अवगत गराउँछौं ।
मोर्चामा सम्वद्ध दलहरुः
१, मधेशी जनअधिकार फोरम, नेपाल
२, राष्ट्रिय मधेश समाजवादी पार्टी
३, ताम्सालीङ–नेपाल राष्ट्रिय दल
४, जनमुक्ति पार्टी नेपाल
५, नेपाल शान्ति समाज दल
६, खम्वुवान स्वायत्त राज्य परिषद
७, नेपाल लोकतान्त्रिक नागरिक पार्टी
परशुराम तामाङ
प्रवक्ता
संघीय लोकतान्त्रिक मोर्चा, नेपाल
मिति : २०६९/११/२४