अन्तरिम संविधानलाई सिध्याई प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने र फासीवादी निर्दलीय अभ्यास गर्न खोजेको कुराको विरोधमा हाम्रो पार्टी समेतको “नेपाल संघीय जनगणतान्त्रिक मोर्चा”ले आह्वान गरेको नेपाल बन्द आम न्यायप्रेमी जनसमुदायको सहयोग, समर्थन र सहभागितामा भव्यरुपमा सफल भएकोमा सबैमा धन्यवाद व्यक्त गर्दछौं ।
साथै हेटौंडा, बारा, सुनसरी लगायतका जिल्लाहरुमा भएको सरकारी दमन, गिरफ्तारी र रुकुममा सरकारी पार्टीहरुद्वारा हाम्रो मोर्चाका सदस्य पार्टी ने।क।पा।–माओवादीको पार्टी कार्यालय तोडफोड गरेकोमा घोर भत्र्सना गर्दै गिरफ्तारी गरिएकाहरुको बिना सर्त ‘तु’ रिहाईको माग गर्दछौं ।
अन्त्यमा राष्ट्रिय स्वाधीनताको रक्षा, जनअधिकारको बहाली र जनजीविकाको ग्यारेण्टी गर्ने अवस्थाको सिर्जना गर्ने आन्दोलनमा आ–आफ्नो ठाउँबाट आन्दोलित हुन र हाम्रो आन्दोलनलाई सघाउन सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।
मिति स् २०६९ फागुन २३ गते ।
मातृका प्रसाद यादव
संयोजक ने.क.पा. (माओवादी) केन्द्रिय तदर्थ समिति ।