विदुर नुवाकोट, च्वाडी मिडल हाइस्कूल (च्वाडी पब्लिक उच्च माध्यामिक विद्यालय) २०१६ सालमा विदुर–५, माझिटार नुवाकोटमा स्थापना गरि तात्कालिन प्रधानमंत्री वि.पी. कोइरालाद्धारा उद्घाटित स्कूलका संस्थापक प्रधानाध्यापक जीतबहादुर सिञ्जाली मगरलाई ५२ औं वार्षिकोत्सवको अवसरमा २०६९ फागुन २१ गते अभिनन्दन सहित सम्मान प्रमुख अतिथि जगदिसनरसिं केसीले गरेका थिए ।
स्कूल स्थापना गर्न र संस्थापक प्रधानाध्यापक भई शिक्षाको लागि पुरयाउनु भएको अतुलनिय योगदान र गरिमामय इतिहास जिवित सार्थकताको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालय परिवारको तर्फवाट उच्च मूल्याङ्कन सहित सम्मान प्रदान गरिएको थियो ।
सट्चालिस बर्षपछि विद्यालय पुगेका सिञ्जाली मगर भावविह्ल बनेका थिए । मन्तव्य क्रममा स्कुलमा पढेका विद्यार्थीहरु नेता, इन्जीनियर, डाक्टर, शिक्षक भइसकेको कुराले सपना साकार र धेरै परिवर्तन भइसकेको यथार्थ सुनाएका थिए । अभिनन्दन समारोहमा जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले उनलाई कसरी भेटियो ? मगर भाषा साहित्यमा सर्वप्रथम कृति प्रकाशित गरेका जीतबहादुर सिञ्जाली मगरलाई नेपाल मगर संघले आदिकवि घोषणा गरेको जानकारी गराएका थिए । उक्त विद्यालयमा ४५० जना छात्र छात्र अध्यनरत छन् ।