शान्ति

– भिममाया राना

शान्तिमै बाँच र बाँच्न देउ नबन अशान्तिको धनी ।

कसैलाई घायल नबनाउ आफ्नै सन्तान हुन ती पनी ।।  

 

शान्तिकै नाउमा लडे पनि हजारौं हजार मरे तापनि ।

जहाँ जाउँ अशान्ति नै देख्छु म देख्दिन शान्ति कहिं पनि ।।  

 

जुनेलीमा खोजी हिंडे कतै शान्ति छ कि भनि ।

अशान्ति नै देखें जुनमा पनि टोलाई रहे म पनि ।।  

 

शान्तिले एक छाक खानु बरू नुन र भात खाए पनि ।

अरूको भलाई गर्ने मान्छे महान हुन्छ टालेकै लुगा लाए पनि ।।  

 

शान्तिमै गरिब हुनु बरू नबन्नु अशान्तिको धनी ।

मनमा शान्ति छ भने महल हुन्छ झुपडी घर पनि ।।  

 

धनले हुँदैन कोही धनी मनले हुन्छ त्यो मान्छे धनी ।

आँखाले हेरेर देखिन्न केही यदि मनले देखेन भनी ।।  

 

तछाड मछाड गर्नु पनि अशान्तिको हो जालो ।

पारामारी गर्नु किन हामी सबै नेपाली हामी सम्मान नेपाल ।।  

 

शान्तिमै बाँच र बाँच्न देऊ नबन अशान्तिको धनी ।

कसैलाई घायल नबनाउ आफ्नै सन्तान हुन् ती पनि ।।

 

पर्रोहा–१, मुर्गिया,रूपन्देहि