हङकङमा पहिलो पटक”प्हच्यु” भाइ खलकहरुको भेट्घाट कार्यक्रम सम्पन्न !

Read Time:9 Minute, 20 Second
मुक काजी गुरुङ
हङकङ गत २३ फेब्रुअरी २०१३ का दिन जोर्डनस्थित चौतारी क्लबमा “प्हच्यु” भाइ खलकहरुको प्रथम भेट्घाट कार्यक्रम तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। आफ्नो मातृभूमि देश नेपालबाट सात समुन्द्रपार ब्यस्त शहर हङकङमा बसोबास गर्ने अधिकांश नेपाली जनजातिहरु मध्ये गुरुङ जाति पनि एक हो भने गुरुङ जातिहरुमा पनि धेरै थरीका थरहरु रहेको पाईन्छ। यसै मध्येको एक “प्हच्यु” थर भाइ खलकहरुले पनि केहि समयको अथक प्रयास पश्चात हङकङमै पहिलो पटकको भेट्घाट मार्फत एक परिचयात्मक कार्यक्रमको आयोजना गरेका थिए।
 
हङकङस्थित बिभिन्न संघसंस्थामा आवद्ध रहेर पनि आफ्नो जातीय पहिचान मात्र नभएर आफ्नो वंशको खोजीनिती गर्ने अभिप्रायले केहि “प्हच्यु” ब्यक्तित्वहरु भोजेन्द्र प्हच्यु तमु, खगेन्द्र प्हच्यु तमु, रुद्र प्हच्यु तमु, सुक प्हच्यु तमु, गोविन्द प्हच्यु तमु र लक्षमण प्हच्यु तमुको बिशेष पहलमा उक्त कार्यक्रम सोंचेको भन्दा पनि सफल रहेको पाईयो। नेपालको बिभिन्न क्षेत्रबाट हङकङ आई बसोबास गरिरहेका प्हच्यु खलक दाजुभाइ तथा दिदीबहिनीहरुको उक्त भेट्घाट कार्यक्रम वास्तबमै एक रोचक तथा ऐतिहासिक पनि थियो। बिशेष गरेर गुरुङ जातिको यो एकै वंशमा बिहावारी नचल्ने प्रथा पनि रहेको छ भने यस भेट्घाट एवं परिचयात्मक कार्यक्रमले अझ प्हच्यु दाजुभाइ तथा दिदीबहिनीहरुको बीचको सम्बन्धलाई नजिक तुल्याएको छ।
 
कार्यक्रममा केहि ब्यक्तित्वहरुलाई अतिथिको रुपमा पनि स्थान दिईएको थियो। जस अन्तर्गत स्याङ्जा ताउलेक समाजका अध्यक्ष तथा तमु प्ये ल्हु संघ हङकङ शाखाका सल्लाहकार सुक बहादुर प्हच्यु तमु, स्याङ्जा भिरकोट आठ्थर तमु समाजका अध्यक्ष साथै तमु प्ये ल्हु संघकै सल्लाहकार समेत रहेका मन बहादुर प्हच्यु तमु,स्याङ्जाकै ब्यबसायी भक्त प्हच्यु तमु, तनहुंका तेज बहादुर प्हच्यु तमु,ताप्लेजुङका प्रेम प्रकाश प्हच्यु र कास्कीका खेम राज प्हच्यु तमु थिए भने सुक प्हच्यु तमु,मन बहादुर प्हच्यु तमु र प्रेम प्रकाश प्हच्यु तमुले हङकङ जस्तो ब्यस्त शहरमा पनि प्हच्यु खलकहरु एक आपसमा एकत्रित हुन सकेकोमा हिर्दयदेखि नै खुशी ब्यक्त गरेका थिए भने कार्यक्रमलाई निरन्तरता दिंदै जानु पर्नेमा सबैले जोड दिए। हङकङ जस्तो कार्यब्यस्ततामा पनि उपस्थितजनहरुको संख्या बाक्लै रहेको थियो भने भविष्यमा यसलाई निरन्तरता दिंदै बृहत रुपमा आयोजना गर्ने संयोजक मध्येका भोजेन्द्र प्हच्यु तमु लगायत अन्य वक्ताहरुले पनि ब्यक्त गरे र वक्ताहरुले यस किसिमको कार्यक्रम अत्यन्तै जरुरी भएकोमा आज सफल भएको छ भने यो कार्यक्रम ऐतिहासिक पनि भएको बताए।
 
यसै शिलशिलामा नीजि भ्रमणमा हङकङ आउंनु भएका स्याङ्जा, माझकोट-६ खाल्टेकी दिल कुमारी प्हच्यु तमु र वहांको श्रीमान कृष्ण प्ल्हेंमें तमुलाई पछ्यौरा तथा टोपी लगाएर सम्मान सहित हङकङ भ्रमण सुख अनि सफलताको कामना गरेका थिए। अन्तमा, कार्यक्रमलाई संयोजक भोजेन्द्र प्हच्यु तमुले सञ्चालन गरेका थिए भने उक्त कार्यक्रमलाई सफल तुल्याउंन चौतारी क्लबकै सञ्चालक गोविन्द प्हच्यु तमु लगायत केहि प्हच्यु ब्यक्तित्वहरुले प्रायोजन स्वरुप हङकङ डलर २००० देखि ५०० सम्म आर्थिक पनि सहयोग गरेका छन भने उपस्थित प्हच्यु दाजुभाइ तथा दिदीबहिनीहरुले कास्की जिल्ला सार्दीखोला गाबिस खांदरजुङ निवासी बुवा मिन बहादुर गुरुङ र आमा ईन्द्र कुमारी गुरुङकी मृगौला पिडीत माईली सुपुत्री बर्ष २५ की सुश्री शिर शोभा गुरुङलाई दिल खोलेर आर्थिक सहयोग पनि गरेका छन।
 
 
प्रथम “प्हच्यु” भाइ खलक (हङकङ) भेट्घाट कार्यक्रममा उपस्थितजनहरुको नामावली यस प्रकार रहेको छ।
 
क्र सं    नाम          नेपालको ठेगना
१ भोजेन्द्र प्हच्यु तमु, पेल्काचौर-६ स्याङ्जा
२ रुद्र बहादुर प्हच्यु तमु, तनहु
३ सुक बहादुर प्हच्यु तमु, ढापुक,सिमलभञ्ज्याङ-६ स्याङ्जा
४ भक्त प्हच्यु तमु, ढापुक,सिमलभञ्ज्याङ-४ स्याङ्जा
५ लक्ष्मण प्हच्यु तमु, कृष्टि नाच्ने चौर,कास्की
६ मिन बहादुर प्हच्यु तमु, मनकामना-३ गैरीश्वारा,स्याङ्जा
७ गोबिन्द प्हच्यु तमु, आले चितवन,स्याङ्जा
८ नुन माया प्हच्यु तमु, माझकोट-१ स्याङ्जा
९  सिता प्हच्यु तमु, कास्की
१० लेखा प्हच्यु तमु, कास्की
११ खेम राज प्हच्यु तमु, कास्की
१२ भिम राज प्हच्यु तमु, मिर्लुङ तनहुं
१३ डिल प्रसाद प्हच्यु तमु, पेल्काचौर-१, स्याङ्जा
१४ होम प्हच्यु तमु, मार्गी-१, कास्की
१५ दुर्गा बहादुर प्हच्यु तमु, ढापुक-१,स्याङ्जा
१६ राम काजी प्हच्यु तमु, सेती दोभान,स्याङ्जा
१७ खगेन्द्र प्हच्यु तमु, ताप्लेजुङ, हाल-काठ्माण्डौ
१८ प्रेम प्रकाश प्हच्यु तमु, ताप्लेजुङ, हाल-काठ्माण्डौ
१९बिक्रम प्हच्यु तमु, ताप्लेजुङ, हाल-काठ्माण्डौ
२० निल बहादुर प्हच्यु तमु, फापरथुम-२,स्याङ्जा
२१ झल बहादुर प्हच्यु तमु, थप्रेक-६,तनहुं
२२ पितम्बर प्हच्यु तमु, माझकोट-८,स्याङ्जा
२३ पदमा प्हच्यु तमु, भिरचोक-१ रुपाकोटो,कास्की
२४ जुना माया प्हच्यु तमु, तनहुं
२५ देउ कुमारी प्हच्यु तमु, कास्की
२६ गुमानसिं प्हच्यु तमु, तनहुं
२७ बुद्धि माया प्हच्यु तमु, ठुलो भञ्ज्याङ,स्याङ्जा
२८ शान्ती माया प्हच्यु तमु, ढापुक,सिमलभञ्ज्याङ-६ स्याङ्जा
२९ तेजबिर प्हच्यु तमु, थप्रेक-७,तनहुं
३० गौ माया प्हच्यु तमु, थप्रेक-७,तनहुं
३१ मन बहादुर प्हच्यु तमु, माझकोट-६,स्याङ्जा
३२ ममता प्हच्यु तमु, माझकोट-६,स्याङ्जा
३३ दिल कुमारी प्हच्यु तमु, माझकोट-५,स्याङ्जा
३४ हेमन्त प्हच्यु तमु, भिरचोक तालबेशी,कास्की
३५ बिजय प्हच्यु तमु, भिरचोक तालबेशी,कास्की
३६ होम बहादुर प्हच्यु तमु, चिसापानी रुपाकोट,कास्की
३७ कुमार प्हच्यु तमु, रुपाकोट-७,कास्की
३८ भिम कुमारी (कमला) प्हच्यु तमु, माझकोट-६,स्याङ्जा
३९ गंगा प्हच्यु तमु, मल्याङकोट,स्याङ्जा
४० रुक माया प्हच्यु तमु, मल्याङकोट,स्याङ्जा
४१ सुनिता प्हच्यु तमु, घान्द्रुक,कास्की
४२ पवित्र(तारा) प्हच्यु तमु, भिरचोक-तालबेशी,कास्की
४३ कान्ती प्हच्यु तमु, ढापुक-३,स्याङ्जा
४४ मिना प्हच्यु तमु, ढापुक-३,स्याङ्जा
४५ दिर्ग प्हच्यु तमु, तनहुं
४६ सोम प्हच्यु तमु, तनहुं
४७ आश माया प्हच्यु तमु, स्याङ्जा
 
सम्वाददाता
तमु प्ये ल्हु संघ हङकङ शाखा
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %