केजिन राई
ब्रसेल्स बेल्जियम , फेब्रुअरी २६ ।नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको आयोजनामा युरोपको राजधानी मानिने बेल्जियमको लुभेन शहरमा फेब्रुअरी २४ तारिख बेल्जियमकै इतिहासमा पहिलो पटक सयुक्त रूपमा आ -आफ्नै आदिबासी जनजातीहरूको कला- सस्कृती समेटेरआयोजना गरिएको ¨आदिबासी सास्कृतिक साझ ¨ भब्य रूपमा सम्पन्न भएको छ।
सास्कृतिक साझ शुरू हुनु अगाडी बर्तमान नेपालको राजनिती र आदिबासी जनजातीको सवाल अनि भूमिका बारे बृहत अन्तर्कृया कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अथिती संघिय समाजवादी पार्टीनेपालको अध्यक्ष अशोककुमार राई हुनुहुन्थ्यो भने बिशेष अथिती नेपाल आदिवासी जनजाती महासंघ केन्द्रिय महासचिव आङकाजी शेर्पा हुनुहुन्थ्यो।
त्यसैगरी अथिती एनआरएनआईसिसि सदस्य अर्जुन कुमार श्रेष्ठ, एनआरएन बेल्जियम अध्यक्ष जानकी गुरुङ हुनुहुन्थ्यो। बेल्जियमस्थित बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिलगायत बेल्जियमस्थित पत्रकारको साथै आदिवासी जनजाती हकहितको लागि संघर्षरत बेल्जियमवासी नेपालीहरुको वाक्लो उपस्थिती रहेको थियो।
महासंघ बेल्जियमको उपाध्यक्ष अनन्त गुरुङले खादाओढाइ स्वागत गरेपश्चात प्रमुख अथिती र विशेष अथितीद्वारा संयुक्त रुपमा उद्घाटन गर्नुका साथसाथै ¨हामी आदिबासी,,,, हामी जनजाती,,,,,, बोलको आदिवासी राष्ट्रिय गीतवाट कार्यक्रम प्रारम्भ गरिएको थियो।
विपि प्रतिष्ठान बेल्जियमकी सचिव सिता सापकोटा,नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको महासचिव कृष्ण तिवारी, नेपाली जनसंपर्क समिती बेल्जियमको अध्यक्ष गंगाधर गौतम,नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमको अध्यक्ष प्रेम पाठक,जनप्रगतिशिलमोर्चा बेल्जियमको सल्लाहकारबिष्णु भुजेल, आईसिसि सदस्य अर्जुन कुमार श्रेष्ठ र एनआरएन अध्यक्षजानकी गुरुङ्ले आ–आफ्नो जिज्ञासा र विचारसहित शुभकामना मन्तव्य राख्नु भएको थियो।
तत्पश्चात विशेष अथितीमहासचिव शेर्पातथा प्रमुख अथितीअध्यक्ष राईले करिव तीन घण्टा लामो मन्तव्यमा वर्तमान राजनैतीक स्थिती, आदिवासी जनजातिहरुको हक अधिकार र आन्दोलन तथा आन्दोलनको औचित्य, ठुला राजनैतीक दलहरुको जनजातीप्रती रहेको धारणा, ठुला पार्टी जस्तो काङ्ग्रेस– एमाले भित्रको जनजाती नेताहरुले गरेको विद्रोह र कारण अनी नयाँ पार्टी निर्माणको आवश्यक्ता लगायत बिषयमा स्पस्ट पार्नुभएको थियो।अन्तमा अध्यक्ष शेर्पाले उपस्थित अथितीको मन्तव्यहरुमाथी छोटकारीमा टिप्पणी गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो।महासंघ बेल्जियमको अध्यक्ष पेम्वा गेल्बु शेर्पाको अध्यक्षता र महासचिव कुल बहादुर मगरको सन्चालन तथा महासंघ उपाध्यक्ष सोमनाथ थनेत स्वागत मन्तव्य रहेकोथियो।
किरातको तर्फवाट प्रस्तुत गरेको पल्लो किरातलिम्बु जातिको प्रमुख नृत्य च्याब्रुङ सँगै सुरु भएको सास्कृतिक कार्यक्रममा हिमाली शेर्पा जातिको प्रमुख नृत्य स्याप्रु ,वल्लो किरात माझ किरातमा बिषेश सान्स्कृतिक गहनाको रूपमा रहेको किरात राईहरूको प्रमुख नृत्य साकेला सिलीमा केही समय प्रमुख अतिथी अध्यक्ष राई समेत नर्तकको रूपमा शिलीमोपा पछी -पछी साकेला शिली प्रदर्शन गरेको क्षण निकै रोमान्चकारी बनेको थियो । तमु गुरुङजातिको झ्याउरे नृत्य मगरातको नृत्य अनि तामाङसेलो झन मन छुने खालको थियो कार्यक्रमकोआकर्षण रहेको थियो । कार्यक्रमको अन्त्यतिर नेपालबाट आउनुभएको कलाकारहरु ज्योति मगर र दुर्गा गुरुङको प्रस्तुतिसगै दर्शकहरु रमाएकोमात्रै होईन, कार्यक्रम हल नै निकै तातेको थियो ।
सघीय समाजबादी पार्टीको बैदेशिक्,भातृ सँगठनको बिस्तार्- घोषणा ,कार्यकर्ता प्रशिक्षणको कार्यक्रममा अध्यक्ष राई र महासचिब शेर्पाले बेल्जियम फेब्रुअरी,२४, २५ मा नेदरल्याण्ड,२७ मा पोर्चुगल्,२८- र मार्च १ सम्म हामबर्ग जर्मनी, म्युनिख जर्मनी, २ तारिख फेरी बेल्जियममा पार्टी घोषणा सभा र पार्टीको पुरै युरोप तदर्थ समिती निर्माण हुने कार्यक्रममा सहभागी रहने बुझिएको छ ।
बेलायत, इटाली,स्पेन पोर्चुगल्,जर्मनी ,नेदरल्याण्ड, फ्रान्स,लगायतका मुलुकबाट बेल्जियममा सो पार्टीको युरोप क्षेत्रीय समिती निर्माणको लागी प्रतिधीहरू आउने क्रम जारी रहेको छ । ४ -९ मार्च महासचिब शेर्पाले बेलायतको बिभिन्न शहरमा अन्तर्कृय र सँगठन बिस्तार् गर्ने योजना रहेको छ । साथै अध्यक्ष राईले ६-१४ तारिखमा स्पेन, फ्रान्स, स्विटजरल्याण्ड र अष्ट्रीयामा हुने कार्यक्रममा सहभागी हुने बुझिएको छ ।