राज्यको गलत नीतिले मातृभाषामा निर्माण भएका चलचित्रहरु विस्थापित हुदै ।

Read Time:2 Minute, 32 Second

गोविन्द घर्ति रुपन्देही

राज्यको गलत नीतिका कारण मातृभाषामा निर्माण भएका चलचित्रहरु विस्थापित हुदै गएको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले शिक्षा, चेतना र जानकारी विनाको चलचित्रको कुनै महत्व नहुने कार्यक्रममा बोल्ने वक्ताहरुले बताइएका थिए ।

आदिवासी जागरण सञ्जाल रुपन्देहीको आयोजनामा भएको बुटवलमा शुरु भएको छैठो नेपाल अन्र्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०६९ को उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्ता कुरा बताएका हुन । उनीहरुले आदिवासी जनजातिहरुको भाषा भाषिमा निर्माण भएका चलचित्रहरुलाई राज्यले लगानी गर्नु पर्नेमा जोड दिएका थिए । भाषाभाषीमा निर्माण भएका चलचित्रहरुले आदिवासी जनजाति भित्ररहेको कला, सिप र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नु पर्ने सबै बक्ताले बताएका थिए ।

महोत्सवका संयोजक दिलप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रममा लुट चलचित्रका नायक दया हाङ्ग राई, जित बहादुरसिंजाली प्रतिष्ठानका अध्यक्ष संजोग लाफा, मगर चलचित्र कर्मी संघका महासचिव मेजन पुन, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, उर्वशी चलचित्रका निर्माता खगेश्वर पुन, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष लिल बहादुर गुरुङ्ग लगायतले बोल्दै भाषा, संस्कार, संस्कृतिलाई बचाउन चलचित्रको माध्यमबाट अह्म भूमिका खेल्न सकिनेमा जोड दिएका थिए ।  कार्यक्रममा थारु संस्कृतिमा लोकप्रिय रहेको झुम्रा नाच तथा मगर संस्कृतिका सोरठी नाच प्रस्तुत गरिएको थियो । यशोदा थापाको संचालन र विन्चु सारुको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %