काठमाडौमा ३१औं मगर दिवश सम्पन्न

Read Time:3 Minute, 4 Second

नेपाल मगर संघको ३१औं स्थापना दिवशको अवशरमा काठमाडौमा “मगर आन्दोलनको विगत र बर्तमान, तथा भविश्यको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समिती काठमाडौ र ललितपुर, नेपाल मगर महिला संघ–केन्द्रीय समिती, नेपाल मगर विधार्थि संघ–केन्द्रीय समिती, नेपाल मगर बौद्ध सेवा समाज–केन्द्रीय समिती लगायत काठमाडौ उपत्यकामा रहेका विभिन्न ३२ वटा मगर संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम नेपाल मगर संघ केन्द्रीय समितीका काठमाडौ उपत्यका इन्चार्ज श्री नर बहादुर राना मगरको प्रमुख आतिथ्यता तथा नेपाल मगर संघ काठमाडौका अध्यक्ष श्री डव बहादुर गर्बुजा पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

नेपाल मगर संघ ललितपुरका अध्यक्ष श्री कृष्ण बहादुर राना मगरको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा मगर बुद्धिजिवी तथा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष श्री त्रिलोक सिंह थापा मगरले कार्यपत्र प्रश्तुत गर्नुभएको थियो ।

कार्यपत्र माथि नेपाल मगर संघ केन्द्रीय समितीका पुर्व केन्द्रीय अध्यक्ष क्याप्टेन यम बहादुर बुढाथोकि मगर, मगर अध्यन केन्द्रका अध्यक्ष डा. गोविन्द्र प्रसाद थापा मगर, नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष श्री गङ्गा खासु मगर, नेपाल मगर विधार्थि संघका केन्द्रीय अध्यक्ष श्री रेनुका काउचा मगर, नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष क्याप्टेन देउ बहादुर राना मगर, मगर कानुन व्यवशायी मञ्चका अध्यक्ष अधिबक्ता सन्तोष राना मगर, जित बहादुर सिञ्जाली साहित्य प्रतिष्ठानका अध्यक्ष श्री सञ्जोग लाफा मगरले टिप्पणी गर्नुभएको थियो ।

टिप्पणीकारहरुको टिप्पणी तथा अन्य सहभागीहरुबाट आएको जिज्ञासालाई प्रमुख अतिथि उपत्यका इन्चार्ज श्री नरबहादुर राना मगरले संबोधन गर्नुभएको थियो । उक्त कार्यपत्रलाई सबै सहभागीहरुको टिप्पणी तथा सल्लाह सुझावहरुलाई समेटी प्रकाशन पनि गरिनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %